देश विदेश

अमेरिका पठाईदिन्छु भनि ११ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ

शेयर गर्नुहोस्

वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भनेर ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं. ९ का लाल बहादुर कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. ५ हाङ्गुमका ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाउने भन्दै एघार लाख पचास हजार रकम लिएको उजुरीका आधारमा पक्राउ गरिएको महासाखाले जनाएको छ ।

कार्कीले रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्दै राइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । उजुरी पछि विभागले कार्कीलाई पक्राउ गरी विभाग उपस्थित गराइदिन महानगरीय अपराध महाशाखामा पत्राचार गरेको थियो ।

महाशाखाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कार्कीलाई झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ शान्तिचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको जनाइको छ ।

जम्मा लागत चालिस लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलव हुने जागिर लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा कार्कीले ठगि गरेको उजुरी परेको जनाइको छ ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रस को लागि घरेलु कामदार सहित High Salary कुक को डिमाण्ड

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।