साइप्रस न्युज

साइप्रसमा शनिवार पनि तापक्रम बढ्ने, Yellow Warning   जारी

शेयर गर्नुहोस्

२०  अगस्ट २०२१/ लिमासोल 

साइप्रसको मौसम विभागले शनिवार पनि  तापक्रम बढ्ने भन्दै सतर्कताको लागि पहेलो सतर्कता संकेत Yellow Warning   जारी गरेको छ।

शनिवार दिउँसो १ बजे देखि बेलुकी ४ बजे सम्म तापक्रम ४० डिग्री र ट्रोडोस पहाड इलाकामा भने ३२ डिग्री सम्म पुग्ने पूर्वानुमान छ।

शुक्रबार ४० डिग्री सेल्सियस पुगेको तापक्रम  मंगलबार सम्म उस्तै रहने छ विभागले जनाएको छ।

आइतबार, सोमबार र मंगलबार भने मौसम सफा  रहने छ भने पहाडि इलाकामा बादल लाग्ने छ।

शुक्रबार दिनको ३ बजे निकोसियाको तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो।  त्यस्तै, लार्काना एयरपोर्टमा ३३, पापोस एयरपोर्ट मा ३२, फ्रेनारोस मा ३७, प्रोद्रोमोस मा ३१ र पलिस क्राइसोचुस मा ३६ डिग्री सेल्सियस मापन गरिएको थियो।

तापक्रम बढ्ने मौसम विभागले बताए पछि  सम्भावित आगलागी को खतरा हुन् सक्ने भन्दै बन विभागले पनि ‘रेड अलर्ट’ जारी गरेको छ।

आगलागी हुन सक्ने सम्भावना भएका कुनै पनि कार्य गर्दा अत्यन्तै सतर्कता अपनाउन वन विभागले सर्वसाधारण मा अनुरोध गरेको छ।

पिकनिक स्थल मा जाँदा पनि अनुमति दीएको निश्चित स्थान मा मात्र खाना बनाउन आग्रह गरेको छ।

बिना अनुमति आगो बाल्ने र ढडेलो लगाउनेलाई २०१२ को कानुन अनुसार १० वर्ष को जेल सजाय र पचास हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ साथै १९८८ को कानुन अनुसार पांच वर्ष जेल वा बिस हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

कहिँ कसैले मा धुवाँ वा आगो देखे वा जंगल आसपास देखेमा बन विभाग को हेल्प लाइन नम्बर 1407 वा आगलागी नियन्त्रण विभाग को नम्बर ११२ मा जानकारी दिन बन विभाग ले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस् : अहिलेकै अवस्था कायम रहे नेपालमा अगस्ट २४ पछि पुर्ण लकडाउन हुने

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।