साइप्रस न्युज

पापोस को स्कुल्ली नजिकै आगलागी, ३ अग्नि नियन्त्रक बिमान र हेलिकप्टर को प्रयास जारी

शेयर गर्नुहोस्

२१ अगस्ट २०२१/ लिमासोल 

पापोस को स्कुल्ली नजिकै आगलागी भएको छ।  शनिवार दिउँसो करिब २ बजे आगोलागी भएको खबर पाए लगतै अग्नि नियन्त्रक विभाग सो स्थान मा पुगी सकेको बताइएको छ।

स्कुल्ली भिलेज नजिकै को सुक्खा घाँस भएको  स्थानमा आगो लागेको अग्नि नियन्त्रक विभागका प्रवक्ता आन्द्रेयास केत्तीष ले बताए।

अहिले ३ ओटा दमकल सो स्थान मा  पुगी सकेका छन् भने बन विभाग र गेम एण्ड फ़ाउना सर्भिस का गाडि  पनि पुगी सकेका छन्।

आगलागी नियन्त्रण गर्न बन विभाग को  ३ ओटा  अग्नि नियन्त्रक बिमान का साथै दुई हेलिकप्टर को मदद लिईएको छ।

आगलागी भएको स्थान स्कुल्ली र एभ्रेटु ड्याम को बीच मा भएको ले सो स्थान मा  पुग्न अफ्ठ्यारो भएको प्रवक्ताले बताएको स्थानिय मिडियाले समाचार प्रकाशन गरेका छन्।

मौसम विभागले शनिवार पनि  तापक्रम बढ्ने भन्दै सतर्कताको लागि पहेलो सतर्कता संकेत Yellow Warning   जारी गरेको  थियो।

तापक्रम बढ्ने मौसम विभागले बताए पछि  सम्भावित आगलागी को खतरा हुन् सक्ने भन्दै बन विभाग  ‘रेड अलर्ट’ बसेको थियो।

आगलागी हुन सक्ने सम्भावना भएका कुनै पनि कार्य गर्दा अत्यन्तै सतर्कता अपनाउन वन विभागले सर्वसाधारण मा अनुरोध गरेको छ।

पिकनिक स्थल मा जाँदा पनि अनुमति दीएको निश्चित स्थान मा मात्र खाना बनाउन आग्रह गरेको छ।

बिना अनुमति आगो बाल्ने र ढडेलो लगाउनेलाई २०१२ को कानुन अनुसार १० वर्ष को जेल सजाय र पचास हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ साथै १९८८ को कानुन अनुसार पांच वर्ष जेल वा बिस हजार युरो जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।

कहिँ कसैले मा धुवाँ वा आगो देखे वा जंगल आसपास देखेमा बन विभाग को हेल्प लाइन नम्बर 1407 वा आगलागी नियन्त्रण विभाग को नम्बर ११२ मा जानकारी दिन बन विभाग ले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा घरेलु कामदारको ताजा डिमाण्ड, साइप्रस रोजगार बारे पुर्ण जानकारी सहित

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।