Domestic Workerमहत्वपूर्ण जानकारी

साइप्रस भिसा भनेर मख्ख नपर्नुस, ७० प्रतिशत भन्दा बढी नेपाली छन् समस्यामा

शेयर गर्नुहोस्

नेपालका बिभिन्न म्यानपावरले साइप्रसबाट बिभिन्न डिमाण्डहरु ल्याएका छन् । म्यानपावरमा आउने अधिकांश डिमाण्डहरु यहाँको म्यानपावरले त्यहाँको म्यानपावरलाई दिने खालको हुन्छ ।

सिधा कम्पनीको लागि आउने डिमाण्डहरुमा त्यति धेरै समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ ।

त्यस्तै साइप्रस युरोपियन देश भएको हुँदा घरेलु कामदार तथा महिला कामदारहरु बढी आकर्षित हुने गरेका छन् । घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन ।

घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि निशुल्क लागतको व्यवस्था गरेको छ ।

तर महिला कामदारहरुलाई डिमाण्डमा निशुल्क हुने भने पनि ३ लाख देखि ४ लाख वा कतिपयले सो भन्दा बढी लिने गरिएको पनि भेटिएको छ ।

डिमाण्डमा एजेन्ट

नेपालबाट साइप्रस पठाउदै आएको एक म्यानपावरका अनुसार साइप्रसबाट डिमाण्ड झार्न निकै गाह्रो छ ।

साईप्रसका एजेन्टहरुलाई प्रति कामदार १ लाख भन्दा बढी रकम बुझाउने सम्झौतामा मात्र डिमाण्ड पाइन्छ । त्यसैले अनि बिभिन्न प्रोसेस गर्दा साइप्रस जान लागत बढ्ने गरेको छ । अर्को मुख्य कुरा के पनि छ भने साइप्रसमा आउने कामदारले यहाको दलालाई कमिसन रकम समेत बोकेर आउनुपर्ने हुन्छ ।

साइप्रसको नियामानुसार घरेलु कामदारले एउटा स्पोन्सर मन नपर्दा तीनवटासम्म स्पोन्सर परिवर्तन गर्न पाउने कानुनी सुविधा छ । यस्तो सुबिधा त छ तर स्पोन्सर भेटिन निकै समस्या हुन्छ ।

नयाँ कामको खोजीमा नै समय व्यतित हुने गरेको छ भने पाए पनि फेरी एजेन्टलाई नै पैसा खर्च गर्नुपर्ने बाध्यता छ ।

म्यानपावरले साइप्रसमा भएको म्यानपावरलाई पठाउने कामदारहरुको पहिलो समस्या नै भने जस्तो काम नपाउनु हो ।

नेपालका म्यानपावरहरुले बिभिन्न मिठा सर्त र कामको आश्वासन देखाउने गरेको भएतापनि यहा साईप्रसमा समस्यामा पर्ने गरेको धेरै नेपालीको गुनाशो छ । कतिपय घरेलु कामदारको रुपमा त्यहाँ रहेका नेपालीले मालिकले शारीरिक यातना समेत दिने गरेको गुनाशो गरेका छन् । शारीरिक यातना मात्र नभई तलब समेत नदिने अर्को समस्या छ ।

७० प्रतिशत भन्दा बढी समस्यामा 

घरेलु तथा महिला कामदारको लागि निकै राम्रो भन्दै म्यानपावरहरु भन्ने गरेका छन् तर यहाहाँको समस्या भोग्नेले मात्र बुझेका छन् । सिमित महिलाहरुलाई भनेजस्तो भएता पनि धेरै महिलाहरुमा केहि न केहि समस्या छ । पछिल्लो समय साइप्रस गएका मध्य ९०प्रतिशत को हाराहारीमा घरेलु कामदार छन् । त्यसमा पनि समस्यामा पर्ने कामदारको संख्या ७०प्रतिशत भन्दा बढी छ ।

नेपाली कामदारलाई साइप्रसमा समस्या परेको हालसालै मात्र हैन । यो समस्या सुरुवातदेखिकै हो ।

समस्या पर्न सक्ने बिभिन्न मिडियाले समाचार प्रसारण गर्दा समेत नेपाली कामदारहरु म्यानपावरकै आश्वासनमा लोभिदै साइप्रस आउने गरेका छन् र धेरै समस्यामा पर्ने गरेका छन् ।

(संसार न्युज मा प्रकाशित सामाग्री )

यो पनि पढ्नुहोस् :  साइप्रसमा नेपाली घरेलु कामदारको भयावह अवस्था

यो पनि पढ्नुहोस् : कस्तो हुन्छ साइप्रसको लागि घरेलु कामदारको करार पत्र ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।