साइप्रस न्युज

पापोसको तल भिलेज मा चोरी

शेयर गर्नुहोस्

१४ सेप्टेम्बर २०२१/ पापोस

पापोस को ‘तल भिलेज’ मा रहेको एक घर मा सोमबार चोरी भएको छ। सोमबार दिउँसो ४ बजे देखि साँझ ९ बजे बीच मा चोरी भएको प्रहरी ले जनाएको छ।

पापोस प्रहरी का अनुसार चोर हरुले  पाँच हजार युरो नगद सहित महंगा सामान पनि चोरेका छन्।

प्रहरीको प्रारम्भिक जांच का अनुसार चोरहरु ले किचन को ढोका तोडेर घर मा पसेका बताइएको छ।

घटना को अनुसन्धान प्रहरीले गरिरहेको छ।

 

अब मौसम शितल हुदै जाने, वर्षाको सम्भावना

१४ सेप्टेम्बर २०२१/ लिमासोल 

साइप्रसको  मौसम विभाग ले अब को केहि दिन को मौसम को  जानकारी दिदै आकाश मा  बादल देखिने बताउदै वर्षा हुने बताएको छ। टापु को आतंरिक भूभाग र पहाडि क्षेत्र मा मेघगर्जन सहित वर्षा हुने छ।

बुधबार भने मौसम सफा रहे पनि पश्चिमी र उत्तरी समुन्द्री तटीय इलाकामा बादल लाग्नेछ। केहि इलाकामा भने पानि पर्ने छ मौसम विभाग ले बताएको छ।

त्यस्तै, वुधबार भने सिजनको औसत  भन्दा केहि  तापक्रम घट्ने छ। बिहिबार र शुक्रबार पनि मौसम उस्तै रहने छ।

यो पनि पढ्नुहोस् > त्रिभुवन विमानस्थलबाट दुई करोड बढीका गरगहनासहित दुई पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।