साइप्रस न्युज

कोरोनाका कारण आज एक को मृत्यु, २३० मा संक्रमण पुष्टी

१५ सेप्टेम्बर २०२१/ लिमासोल , Cy

कोरोना भाइरस संक्रमण का कारण साइप्रस मा आज एक जनाको मृत्यु भएको छ भने २३० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

निकोसिया जेनेरल हस्पिटल को आइ सी यु मा उपचाररत ६४ वर्षीय महिलाको मृत्यु भएको हो।  यो संगै हाल सम्म मृत्यु हुने को संख्या ५३५ पुगेको छ।

अहिले देश भरिका हस्पिटल मा एक सय आठ जना कोरोना का बिरामी भर्ना भएका छन् जसमद्य ४३ को अवस्था गम्भीर रहेको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार ७९ % बिरामी हरु कोरोना खोप नलागाएका व्याक्ति हुन्।

आज देश भरिमा ५९१३ पिसिआर र ६९,७३२ र्यापिड टेस्ट गरिएको थियो  जसबाट २३० मा संक्रमण देखिएको छ।

हाल सम्म कोरोना को संक्रमण ले १,१८,४४६ जना पोजेटिभ भै सकेका छन्।

आज प्राइभेट फार्मेसी र ल्याब मा गरिएको ४८४२१ टेस्ट मध्य १२० मा कोभिड पोजेटिभ पाइयो भने सरकारी निशुल्क कोभिड टेस्ट कार्यक्रम अन्तर्गत ३५ जनामा कोरोना भेटियो। पापोस र लार्नाका एयरपोर्ट मा गरिएको टेस्ट मा ५ जनामा कोरोना पोजेटिभ बिरामी फेला परे।

सरकार ले खोप लगाउन अनुरोध गरि रहेको छ।  ताजा तथ्यांक अनुसार देश भरिका ८० % जनतालाई कोरोना विरुद्ध को खोप लगाई सकिएको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा कुक को डिमाण्ड, तलब एक लाख ४२ हजार (१०१८ युरो)

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *