प्रविधी

सुरक्षित रूपमा फेसबुक चलाउन जान्नैपर्ने ६ सेटिङ

शेयर गर्नुहोस्

सामान्यतया हामी फेसबुक त चलाउछौं, तर समय समयमा सेटिङ चेकजाँच गर्ने बानी हुँदैन ।

सुरक्षित रूपमा फेसबुक चलाउन यसको प्राइभेसी सेटिङ र अन्य जरूर कुराबारे ख्याल राख्नैपर्छ ।

फेसबुकमा प्रयोगकर्ताका असंख्य व्यक्तिगत विवरण हुन्छन् ।

तर सावधानी अपनाउन सकिएन भने साइबर अपराधीहरूले यस्ता विवरण चोरी गरि दुरुपयोग गर्न सक्छन् ।

कमजोर पासवर्डका कारण मात्रै फेसबुक अकाउन्ट जोखिममा पर्ने भने पक्कै होइन ।

तसर्थ कम्तिमा पनि दुई महिनामा एकपटक प्राइभेसी वा गाेपनीयतासम्बन्धी सेटिङ चेक गर्न आवश्यक छ ।

आफ्नो फेसबुक अकाउन्ट सुरक्षित गर्न केही समय छुट्याए मात्रै पुग्छ ।

फेसबुक अकाउन्टमा भएका के-कति सूचना तथा जानकारीलाई कसरी सार्वजनिक गर्ने, अथवा गोप्य राख्ने भनेर सेटिङ मिलाउन सकिन्छ ।

आज हामी कम्प्युटरबाट फेसबुकमा उपलब्ध जानकारी तथा सूचनालाई सन्तुलित गर्न अपनाउनुपर्ने उपायबारे चर्चा गर्दै छौं:

१. बलियो पासवर्ड राख्ने र टु फ्याक्टर अथेन्टिसियनको प्रयोग गर्ने
फेसबुक अकाउन्ट सुरक्षित गर्नका लागि पासवर्ड सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

फेसबुक अकाउन्ट असुरक्षित भएको खण्डमा सेक्युरिटी पेजमा गएर नयाँ पासवर्ड राख्न सकिन्छ ।

पासवर्ड राखेपछि अब टु फ्याक्टर अथेन्टिकेसन अर्थात् टूएफए एक्टिभ गर्नुपर्ने हुन्छ । टूएफए एक्टिभ भएपछि तपाईंलाई अकाउन्ट लगइन गर्दा सेक्युरिटी कोड इन्टर गर्नुपर्ने हुन्छ ।

टु फ्याक्टर अथेन्टिकेसन कोड धेरै पासवर्ड म्यानेजरले स्टोर गर्न सक्छन् ।

तसर्थ आवश्यकता अनुरुप गुगल अथेन्टिकेटरको प्रयोग गरी कोड स्टोर गर्न सकिन्छ ।

२. प्राइभेसी सेटिङ एन्ड टुल म्यानेज गर्ने
फेसबुकले अकाउन्टका लागि प्राइभेसी सेक्सन छुट्याएको छ । यसमार्फत आगामी दिनमा गर्ने पोष्ट तथा अपडेटहरूमा डिफल्ट सेटिङ राख्न सकिन्छ ।

क-कसले फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्ने र सूचना हेर्न मिल्ने भन्ने निश्चित गर्न सकिन्छ ।

प्राइभेसी सेक्सनमा उपलब्ध सबै अप्सनहरू चेक गरी मिलाउन सकिन्छ ।

३. पुराना पोष्टहरू पव्लिक बाट हटाउने
फेसबुकमा उपलब्ध अपडेटका आधारमा व्यक्तिगत विवरण बाहिरिन सक्ने हुँदा पुराना पोष्टहरू व्यवस्थित गर्नुपर्छ ।

फेसबुकका पोष्टलाई प्राइभेसी सेटअप गर्न प्राइभेसी सेक्सनमा गइरहनु पर्दैन ।

टाइमलाइनमा गएर सोझै एक-एक गरी कसले हेर्न मिल्ने भनी नियन्त्रण गर्न सकिन्छ ।

४. अकाउन्ट लगइन भएका डिभाइस परिक्षण गर्ने
फेसबुक अकाउन्ट लगइन भएको डिभाइस लोकेसन र समय हेर्न मिल्ने व्यवस्था छ ।

सेक्युरिटी एन्ड लगइन पेजमा गएर अकाउन्ट लगइन भएका डिभाइस जाँच गर्न सकिन्छ ।

यदि उक्त लगइनहरू तपाईंले आँफै गर्नुभएको होइन भने रिपोर्ट गर्न र अकाउन्ट लगआउट गर्न सकिन्छ । यदि आफैं लगइन गरेको भएपनि लगआउट गर्नुपर्छ ।

५. फेसबुकको पहुँचमा भएका एपहरू जाँच गर्ने
फेसबुक अकाउन्टसँग लिंक गरी विभिन्न एपहरूमा अकाउन्ट चलाउन सकिन्छ ।

यसो हुँदा कतिपय एप फेसबुकले अस्वीकार गरेकाे हुन्छ, जुन सुरक्षाका हिसाबले जोखिमयुक्त भएका हुन्छन् ।

एप एन्ड वेबसाइटमा गएर एक्सपायर भइसकेका एप तथा वेबसाइट रिमुभ गर्नुपर्छ ।

६. लोकेसन हिस्ट्री डिलिट गर्ने
फेसबुकले प्रयोगकर्ताको लोकेसन डेटा प्रयोग गरी आफै नक्सा बनाउने गर्छ ।

लोकेसन सेक्सनमा गएर लोकेसन हिस्ट्री डिलिट गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो लोकेसन हिस्ट्री फेसबुकमा स्टोर नहोस् भन्ने चाहनुहुन्छ भने लोकेसन शेयरिङ बन्द (टर्न अफ लोकेसन) गर्न सक्नुहुन्छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *