साइप्रस न्युज

NRN साइप्रसमा आर्थिक हिनामिना, संस्था नवीकरण नहुँदा प्रहरीले थाल्यो अनुसन्धान

शेयर गर्नुहोस्

गैर आबासीय नेपाली संघ साइप्रसलाई स्थानीय कानुन अनुसार नबिकरण नगरेकोले त्यँहाको स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेकोछ ।

सन २००८ मा तत्कालिन अध्यक्ष मणी थेबेले दर्ता गरेको एनआरएनए साइप्रस २०१२ पछिका कुनै पनि कार्यसमितिले नबिकरण नगर्दा खारेज गरिएको स्थानीय प्रशासनको संघसंस्था दर्ता शाखाले जनाएकोछ ।

संस्थाको आधिकारिकता स्थापित गर्न प्रयास गरिरहेका नबनिर्बाचित अध्यक्ष कुन्दन कार्कीले स्थानीय जिल्ला प्रशासनले समयमा नबिकरण नगरेकोले पुरानो दर्ता खारेज भएको बताएकाले माथिल्लो निकायमा नबिकरणका लागि अनुरोध गरिएको जनाएकाछन ।

गत ३१ अगस्तमा दुर्घटनामा परि मृत्‍यु भएका नेपाली युबक तुलसी भुषालको शब नेपाल पठाउन आर्थिक संकलन गरेको एनआरएनए साइप्रसलाई दर्ता बिना संस्थाले किन आर्थिक संकलन र अन्य गतिबिधि गरेको भनेर स्थानीय प्रहरिले अनुसन्धान सुरु गरे पछि त्यँहाको नेपाली समुदाय एनआरएनएका  पदाधिकारीहरुसँग क्रुद्ध बनेकोछ ।

उनीहरुको गैर जिम्मेवारीपनले कुनै नेपालीको मृत्‍यु हुँदा पनि बैधानिक रुपले सहयोग गर्न नपाउने अवस्था आउनु र प्रहरीले सोधपुछ गर्नु अत्यन्त दु:खद भएको साइप्रसका सामाजिक अगुवाहरुले बताएकाछन ।

संस्थालाई अबैधानिक बनाउनेहरुलाई सामाजिक कार्यबाही गर्नु पर्ने धारणा साइप्रसबासी नेपालीहरुले सामाजिक सन्जालहरुमा ब्यक्त गरेका छन ।

नयाँ समितिलाई बुझबुझारथ दिन युरोप संयोजकको निर्देशन पत्र

भर्खर सम्पन्न भएको एनआरएनए निर्वाचनमा लामो समय देखि एनआरएनएलाई आफ्नो पकडमा राखेर बिधि पद्धति बिना आफु खुशी चलाऊदै आएका केही ब्यक्तिहरुको चाहना बिपरित नयाँ युबाहरुलाई त्यँहाको समुदायले एनआरएनएको नेत्रित्व दिएको झोकमा बुझ बुझारथ र अन्य कुनै पनि संस्थागत जिम्मेवारी हस्तान्तरण गरेका छैनन ।

बिधान अनुसार निबर्तमान समितिले बुझाउनु पर्ने संस्थाको सम्पत्ती र दस्ताबेज बुझाउन केन्द्रले गरेको निर्देशनको पनि पालना नगरिएको पाइएकोछ ।

बिशेष गरि हाल सम्म संस्थाको नाममा उठेको र पाएको रकमको कुनै हिसाबकिताब नराखेको हुँदा बुझ-बुझारथ गर्दा हिसाब पनि बुझाउनु पर्ने र ठुलो रकम बेरुजु देखिने भएकोले नबनिर्बाचित समितिले बारम्बार पत्र लेख्दा पनि बेवास्ता गरिएको त्यहाका नेपालीहरुको भनाईछ ।

एनआरएनए केन्द्रीय कार्यालयले एनसीसी साइप्रसलाई सदस्यता शुल्क बुझाउन लेखेको पत्र

चारदिशालाई प्राप्त भएको एनआरएनए केन्द्रको पत्रमा २०१९ -२१ मा बनेका ४०१ जना सदस्य बराबरको २००० डलर हाल सम्म पनि नबुझाएर हिनामिना गरिएकोछ ।

२०२१-२३ मा बनेका सदस्यहरुको सदस्यता शुल्क र उम्मेद्बारको दस्तुर निर्वाचन संयोजक सुरेश शाहको जिम्मामा रहेको जानकारी हुन आएकोछ ।

संस्थाको बैंक खाता नहुँदा त्यो रकम उनको जिम्मामा रहेको र हाल उनी नेपालमा भएकोले समयमा केन्द्रमा पठाउन नसकिएको एनआरएनए साइप्रसकी महासचिब राधा पोख्रेल बताउछिन ।

एनआरएन साइप्रसले बिभिन्न समयमा केन्द्रलाई दिन कबुल गरेको अन्य रकम पनि नबुझाएकोले पहिले पनि ताकेता पत्र प्राप्त भएको नाम नछाप्ने सर्तमा एकजना पूर्व पदाधिकारीले चारदिशालाई बताएकाछन ।

आर्थिक हिनामिना र संस्थालाई नबिकरण नगरि गैर कानुनी हैसियतमा पुर्याउनेहरुलाई सामाजिक र कानुनी कार्यबाही हुनु पर्ने साईप्रसका नेपाली समुदायले माग गरेकोछ ।

चारदिशामा प्रकाशित समाचार 

यो समाचार पनि पढ्नुहोस् : साइप्रसमा शरणार्थी र शरण खोजकर्ताको लागि महत्वपुर्ण जानकारी

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *