साइप्रस न्युज

साइप्रसमा जीटुजी मार्फत नेपाली श्रमिक र विधार्थी ल्याइने, समस्या न्यून हुने राजदुत शाक्यको भनाइ

शेयर गर्नुहोस्

२४ सेप्टेम्बर २०२१/ निकोसिया 

साइप्रसमा रहेका नेपालीहरुको समस्याहरु, नेपालमा लगानी लगाएतका विषयमा आफुले सक्दो प्रयास गरेको साइप्रसका लागि नेपाली राजदुत डा.अन्जान शाक्यले बताउनु भएको छ ।

डा. शाक्यले साइप्रस र नेपाल देशको सम्बन्धलाई अझै मजबुद बनाउनका लागि आफु र आफ्नो  टिमले  अत्यन्त  मेहनेत समेत गरेको जानकारी दिनुभयो ।

संविधान दिवसको अवसरमा नेपाली राजदुतावास एवमं अवैतनिक बाणिज्य दुतावास साइप्रसको आयोजनामा बिहिबार भएको कार्यक्रममा   राजदुत डा. शाक्यले सो कुरा बताउनु भएको हो ।

राजदुत डा. शाक्यले आफु भौतिक हिसाबले टाढा भएपनि साइप्रसमा रहेका नेपालीहरुको समस्याको सवालमा आफु सधै नेपाल सरकार , साइप्रस सरकार एवमं यहाँ रहेका सामाजिक संघसंस्थासगं नजिक रहेर नियालेको बताउनु भयो ।

साइप्रस र नेपाल सरकार विच श्रमिक एवमं विद्यार्थीहरुको बारेमा जिटुजी मार्फत नेपाली श्रमिक एवमं विद्यर्थाीहरु ल्याउनका लागि पहल थालि सकेको र नेपाल सरकारले सम्झौता गर्ने वित्तिकै लागु हुने डा. शाक्यले जानकारी  दिनुभयो ।

उहाँले  जि टु जि मार्फत श्रमिक एवमं विद्यार्थीहरु साईप्रस आउने भएपछि त्यत्ति धेरै समस्या  नपर्ने, तलब वृद्धि  हुने , सामाजिक  सुरक्षा भत्ता समेत फिर्ता हुने भएकोले यो कार्य जरुरी रहेको बताउनु भयो ।

जि टु जी ईजरायल देशमा भए झै साईप्रसमा  पनि लागु गर्नका लागि आफु नेपाल सरकार , परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय सबै तिर पत्र काटिसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रश्चाप्त नेपाली नेपाली समुदायहरु संग अन्तरक्रिया कार्यक्रम  गर्दै आफ्नो कार्यकालमा सके जति साईप्रसमा रहेका विद्यर्थाी एवमं श्रमिकहरुको बारेमा पहल गरेको जानकारी दिनुभयो ।

सोही अवसर पारेर गैर-आवासीय नेपाली सघं साईप्रसका अध्यक्ष कुन्दन कार्कीले साईप्रसको विभिन्न १५ भन्दा बढि बुँदाहरु समेटेर राजदुत शाक्यलाई ज्ञापन पत्र समेत बुझाउनु भएको थियो ।

ज्ञापनपत्र बुझ्दै नेपाल सरकारले राजदुत फिर्ता गर्ने भएकोले आफनो कार्यकालको अन्तिम भ्रमण भएपनि साईप्रसमा रहेका नेपालीहरुको सवालमा साईप्रस सरकार उच्च अधिकारीहरु मार्फत राखेर जाने बताउनु भयो ।

शुक्रवार साईप्रस सरकारका विभिन्न मंत्री, सभामुख , राष्ट्रपती लगाएतहरु संग राजदुत शाक्य छलफल गर्दै हुनुहुन्छ ।

यो समाचार पनि पढ्नुहोस् : साइप्रस भिसा भनेर मख्ख नपर्नुस, ७० प्रतिशत भन्दा बढी नेपाली छन् समस्यामा

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।