साइप्रस न्युज

साइप्रस भरि ‘वाक इन भ्याक्सिन सेन्टर’ साँझ सम्म खुल्ने

१९ नोभेम्बर २०२१/ लिमासोल

साइप्रस भरि ‘वाक इन भ्याक्सिन सेन्टर’ आउँदो सोमबार देखि अबेला सम्म खुल्ला रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार देखि देश भरि संचालन मा रहेको  ‘वाक इन भ्याक्सिन सेन्टर, (सोम-शुक्र ) बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म खुल्ला रहने छन्।  साथै शनिवार भने बिहान ८ देखि १ बजे सम्म संचालन मा रहनेछन्। अहिले सम्म बिहान ८ देखि १ बजे सम्म मात्र खोप लगाइदै आएको थियो।

वितेका केहि दिन देखि कोरोना को संक्रमणमा वृद्धि देखिए पछि सरकारले भ्याक्सिन अभियानलाई अझै तिव्र पार्न सेन्टरहरुको समय हेरफेर गरेको हो।

निम्न स्थान मा सोमबार देखि शुक्रबार सम्म बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म सेन्टर खुल्ला रहने छ।

Nicoisa:

  • State Fair A, B, C, D
  • Latsia Health Centre

Limassol:

  • “Spyros Kyprianou” Sports Centre A, B, C, D
  • Linopetra Health Centre
  • Troodos Hospital, Kyperounda

Larnaca:

  • Larnaca Port A, B, C, D

Famagusta:

  • General Hospital

Paphos:

  • General Hospital

यी सेन्टर भने बिहान ८ देखि बेलुकी ६ बजे सम्म संचालन मा रहनेछन

Nicosia: State Fair A, B, C, D

Limassol  “Spyros Kyprianou” Sports Centre A, B, C, D

Larnaca: Larnaca Port A, B, C, D

Famagusta: General Hospital

Paphos: General Hospital

१२ वर्ष भन्दा माथिका हाल सम्म कोरोना विरुद्धका कुनै खोप नलगाएका, एक डोज लगाई दोस्रो डोज लगाउन बाँकी रहेका ले यस्ता सेन्टरमा आफ्नो भ्याकसिन कार्ड वा परिचय पत्र लिएर सिधै जान सक्नेछन्।  साथै, ४० वर्ष काटेका  बुस्टर डोज लगाउन पर्ने व्याक्ति पनि जान सक्नेछन् यदपि यस्ता व्याक्तिले दोस्रो खोप लगाएको छ महिना बितिसकेको हुनु पर्ने बताइएको छ।

स्वास्थ्य सेवा मा कार्यरत, नर्सिङ्ग होम मा कार्यरत कर्मचारी र कमजोर वर्गका व्याक्ति पनि सेन्टर मा खोप लिन जान सक्नेछन।

यो पनि पढ्नुहोस् : साइप्रस आउने नेपाली यसरी ठगिन्छन्, तुहिन्छ सपना…..

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रस भरि ‘वाक इन भ्याक्सिन सेन्टर’ साँझ सम्म खुल्ने

Comments are closed.