महत्वपूर्ण जानकारी

साइप्रसबाट फर्किएका व्याक्तिलाई साइप्रसको पुलिस रिपोर्ट चाहिए के गर्ने ?

शेयर गर्नुहोस्

last update : 17 July 2023

रोजगारी वा अध्ययन को सिलसिलामा साइप्रस बसेर नेपाल फर्किएर अन्य देशको लागि भिसा प्रोसेस गर्दा सम्बन्धित देश को दुतावासले साइप्रसको  पुलिस रिपोर्ट माग्ने गर्दछ। साथै, साइप्रस बाट युरोप या अमेरिका वा अन्य देश मा लिगल वा इल्लिगल बाटो बाट छिरेका नेपालीलाई पनि एक दिन त  पुलिस रिपोर्ट चाहिन्छ। अनि तनाब सुरु हुन्छ के गर्ने कसलाई भन्ने ?

यदि तपाइँ साइप्रस बाहिर हुनु हुन्छ भने यो लेख तपाइँ को लागि पनि हो , आउनुहोस् , यो बारे वृस्तृत जानकारी जानौ।

कस्तो व्याक्तिले पुलिस क्लियरेन्स सर्टिफिकेट पाउंछन् ? कहाँ कहाँ बाट आवेदन दिन मिल्छ ?

जो व्याक्तिले साइप्रस मा ६ महिना भन्दा बढी बसेको छ उसले पुलिस रिपोर्ट को लागि आवेदन दिन सक्छ।   साइप्रस भरी जुन सुकै प्रहरी चौकी , प्रहरी हेडक्वाटर निकोसिया, साइप्रस दुतावास र कन्सुलेट साथै इमेल मार्फत पनि पुलिस रिपोर्ट को लागि आवेदन दिन मिल्छ।

चालचलन प्रमाण पत्र लाई साइप्रसका नागरिकले प्राप्त गर्न सक्छन भने,  कम्तिमा छ महिना कानुनी हैसियत प्राप्त ( लिगल  ) भएका विदेशी  नागरिकले पनि प्राप्त गर्न सक्छन।  साथसाथै  कम्पनी, निगम, संघ-समाजहरू, वा कानूनी संस्थाका व्यक्तिहरूको कुनै अन्य गठबन्धनहरूले पनि पुलिस क्लियरेन्स सर्टिफिकेट पाउंछन्।

तपाइँ को लागि के के कागज पत्र आवश्यक पर्छ  त  ?

  • भिसा कार्ड वा पिङ्क स्लिप वा  एलियन बुक वा एल्लो स्लिप वा साइप्रस मा बसेको प्रमाणीत गराउने कागजात
  • वर्तमान पासपोर्ट र साइप्रस रहँदा प्रयोग गरेको पासपोर्ट को स्पस्ट फोटोकपी
  • साइप्रसबाट out हुँदा  Larnaca वा पापोस एयरपोर्ट मा पासपोर्ट मा लगाएको Departure Stamp को फोटो
  • रितपुर्वक भरेको फारम ( फारम तल दिएको छ )
  • २० युरो तिरेको रसिद

फारम यसरि भर्नुहोस्  .

साइप्रस प्रहरी को अफिसियल वेबसाइट बाट  यो फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

यो आवेदन फारम मा  निम्न विवरण भर्नु पर्दछ

  • पुरा नाम
  • हाल बसोबास गरेको स्थान र कहिले देखि ( गाउँ, मार्ग, पोस्टकोड )
  • घरको फोन नम्बर
  • मोबाइल नम्बर
  • राष्ट्रियता
  • जन्म देश
  • जन्म स्थान
  • जन्म मिति
  • पासपोर्ट नम्बर
  • पासपोर्ट जारी भएको मिति
  • पासपोर्ट जारी भएको देश
  • प्रहरी रिपोर्ट आवश्यक परेको कारण
  • एलियन रजिस्ट्रेसन सर्टिफिकेट  (ARC) नम्बर / भिजा कार्ड नम्बर
  • फारम भरेको मिति
  • आवेदक को हस्ताक्षर

यदि तपाई नेपाल मा हुनु हुन्छ वा अन्य देश मा हुनु हुन्छ भने सो देश को साइप्रस दुतावास वा कन्सुलेट मा गएर २० युरो बराबर को स्थानिय मुद्रा  तिरेर यस्तो रसिद लिन सक्नु हुन्छ। जुन तपाई ले माथि उल्लेखित कागजपत्र सहित यो रसिद को स्क्यान गरेर  साइप्रस  प्रहरी को इमेल मा पठाएर पनि पाउन सक्नु हुन्छ।  यस्तो हुन्छ पैसा तिरेको रसिद

यो रसिद चै काठमाण्डौ स्थित साइप्रस कन्सुलेट अफिसमा पुलिस रिपोर्ट को लागि तिरेको कपि हो।

साइप्रस बाट नै प्रहरी रिपोर्ट बनाउँदा तिर्नु पर्ने रकम लाई तपाई ले कुनै पनि डिभिजनल प्रहरी चौकी मा नगद  मार्फत भुक्तानी गर्न सकिन्छ भने बैंक चेक बाट तिर्न सकिन्छ।  चेक काट्दा Chief of Cyprus Police को नाम उल्लेख  गर्नु होला।  साथै, बैंक खातामा निम्न विवरण मा  पैसा जम्मा गरेर   (SWIFT CODE: CBCYCY2NFBU, Government General Account, account no. CY16001000010000000006001010)  पनि पैसा तिर्न सकिन्छ।

कति दिन लाग्छ रिपोर्ट आउन ?

साधारणतय २ देखि ३ कार्य दिन मा र कुनै अवस्थामा  धेरै लागे ७ कार्य दिन मा प्रहरी रिपोर्ट आउँछ। यसको अवधि २ महिना को हुने गर्दछ।     यदि तपाईले काठ्माण्डौ स्थित साइप्रस कन्सुलर बाट प्रहरी रिपोर्ट लिन चाहनु हुन्छ भने माथिका सबै कागजात सहित पेश गरेमा ३ महिनामा तपाई को रिपोर्ट आउछ।

इमेल बाट पठाउदा के गर्ने ?

माथि भनिएका सबै डकुमेन्ट सहित साइप्रस प्रहरी को यो Email: [email protected] मा इमेल पठाउदा कार्यालय खुल्ला रहने समयमा पठाउनु पर्छ।  इमेल पठाउदा  मा subject मा police clearance certificate Application भनि उल्लेख गर्नु होला साथै  आफ्नो परिचय सहित के कारण ले यो प्रमाण पत्र चाहिएको हो पनि खुलाउनु पर्छ।  इमेल मार्फत छिट्टो हुने भए पनि कतिपय अवस्थामा इमेल को जवाफ नै नआउने पनि हुन्छ।

तपाइँ विदेश मा हुनु हुन्छ र दुतावास वा कन्सुलेट मार्फत गर्न सम्भव भएन वा इमेल को जवाफ ७ दिन सम्म नि आएन भने के गर्ने ?

यदि तपाइँ को इमेल बाट जवाफ आएन भने साइप्रसमा भएका तपाइँ का साथी वा आफन्त जो कोहि ले नजिकै को प्रहरी चौकी बाट निकाल्न सक्छन।  यसको लागि तपाई ले एउटा पत्र मा आफ्नो विवरण भरेर कसले तपाई को पुलिस रिपोर्ट निकाल्ने हो उसलाई मन्जुरीनामा लेखेर दिनु पर्छ।  मन्जुरी नामा पत्रमा साथि वा आफन्त को पुरा नाम र परिचय पत्र (भिसा कार्ड ) नम्बर उल्लेख गर्नु पर्दछ।

यो पत्र सहित  भिसा कार्डको फोटोकपी ,वर्तमान पासपोर्ट र साइप्रस रहँदा प्रयोग गरेको पासपोर्ट को स्पस्ट फोटोकपी, रितपुर्वक भरेको आवेदन , साइप्रस छोड्दा को departure stamp  लिएर २० युरो तिरेमा ३ दिनमा   पुलिस रिपोर्ट जारी हुन्छ।

साइप्रस मै भएका व्याक्ती को पुलिस रिपोर्ट चै तुरुन्तै जारी हुन्छ।

cyprus-police-report-pcc

यदि तपाइँ ले कुनै अपराध गर्नु भएको थियो भने पुलिस रिपोर्ट मा अपराध को मिति, अपराध को किसिम र अदालत ले सुनाएको सजाय को विवरण पनि लेखिएर आउनेछ। कुनै अपराध नगरेको भए रिपोर्टमा  “The applicant has not had any previous criminal convictions.” भनेर लेखिएको आउनेछ ,

निकोसियामा प्रहरी हेडअफिस कहाँ छ ? कहाँ सम्पर्क गर्ने ?

Evangelou Floraki Road, Aglantzia, Nicosia.

Postal code: 1478

फोन : 1460 / 00357 22808080 / 22-808080 , फ्याक्स : 22-808598  इमेल : [email protected]

म्याप मा हेर्नुस।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसबाट फर्किएका व्याक्तिलाई साइप्रसको पुलिस रिपोर्ट चाहिए के गर्ने ?

Comments are closed.