देश विदेश

विदेशमा रहेका नेपालीले कहिलेदेखि पाउँछन् इ-पासपोर्ट ?

शेयर गर्नुहोस्

विदेशमा रहेका नेपालीहरुले माघदेखि ई-पासपोर्टको आवेदन दिन पाउने भएका छन् ।

राष्ट्रिय परिचय प्राप्त गरेकाहरुले मात्र नयाँ बिध्युतिय राहदानी पाउने बताइए पनि विदेशमा रहेकाहरुले राष्ट्रिय परिचयपत्र नभएपनि ई-पासपोर्टको लागि सम्बन्धित देशको नेपाली नियोगबाट आवेदन दिन पाउनेछन् ।

ई-पासपोर्ट बनाउन चाहनेले राहदानी विभागको वेबसाइटमार्फत विद्युतीय राहदानीको लागि बुकिङ खुला भईसकेको छ । फारम जति छिटो भर्यो त्यसै अनुसार छिटो पालो आउनेछ । तत्काल पासपोर्ट आवश्यक हुनेहरुले एमआरपी पनि लिन पाउछन् ।

मङ्सिर १ गतेदेखि काठमाडौँको राहदानी बिभागबाट ई-पासपोर्ट परीक्षणको क्रममा छ । हाल राहदानी बिभागबाट मात्र ई-पासपोर्टको लागि निवेदन दिन सकिन्छ ।

मङ्सिर १५ पछि क्रमिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट तथा तोकिएको इलाका प्रशासन कार्यालयहरूबाट ई-पासपोर्टको आवेदन दिन सकिन्छ ।

ईपासपोर्ट बनाउनको लागि नेपालमा रहेकाहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने बताइएको छ । तर १६ बर्ष मुनिका उमेर भएकाहरुलाई र विदेशबाट निवेदन दिनेहरुलाई राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन

ई-पासपोर्ट निर्माणको लागि आवश्यक भनिएको राष्ट्रिय परिचयपत्र बनाउनको लागि तत्काल समय लागेपनि राष्ट्रिय परिचयपत्र नम्बर तुरुन्त पाउन सकिने र सोहि नम्बरको आधारमा पासपोर्ट  बनाउन सकिने राहदानी विभागले जनाएको छ ।

विदेशमा रहेकाहरुले आफू सँग रहेको एमआरपी पासपोर्टको म्याद सकिएमा मात्र ई-पासपोर्टको आवेदन दिन सक्छन् अन्यथा एमआरपीले पनि काम गर्छ ।

e passport Online Application  click here

यस्ता छन् ई-पासपोर्टको विशेषता

सरकारले एमआरपी लागु गरेको ११ वर्ष पछि ई-पासपोर्ट प्रयोगमा ल्याएको छ । इ-पासपोर्टमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका सम्पूर्ण विवरणहरू समाविष्ट हुन्छ ।

एमआरपीको तुलनामा ई-पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बिभागले जनाएको छ । नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को पब्लिक की डिरेक्ट्री (पीकेडी) को सदस्य भएकाले सदस्य राष्ट्रहरूमा सेयर  हुन्छ।

अध्यागमन कार्यालयहरूमा व्यक्तिले बोकेको पासपोर्ट आधिकारिक हो कि होइन भनेर जाँच गर्न सकिने भएकोले यो बढी सुरक्षित हुन्छ ।

विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ ।

व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

इपास्पोर्ट लिनको लागि पुरानै प्रक्रिया हो । तर विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य हुन्छ ।

राष्ट्रिय परिचयपत्रमा जुन विवरणहरू प्रयोग हुन्छ त्यसकै प्रमाणिकरण ई-पासपोर्टमा हुन्छ । यस्तो पासपोर्ट सम्बन्धित व्यक्तिबाहेक अरूले कुनै पनि तरिकाले प्रयोग गर्न तथा दुरुपयोग गर्न सक्दैन ।

राष्ट्रिय परिचयपत्र बनाउनको लागि नेपालमै आउनुपर्ने हुँदा विदेशमा रहेकाहरुले बिदेशी निकायबाट इ-पासपोर्ट बनाउन सक्दैनन् । उनीहरुलाई एमआरपीनै वितरण हुन्छ ।

इ-पासपोर्ट लिनको लागि नेपालमै आएर राष्ट्रिय परिचयपत्र बनाई नवीकरण गर्नुपर्छ । हाल आफूसँग एमआरपी पासपोर्टको बहाल अवधि बाँकी नै छ भने इ-पासपोर्ट बनाउनु आवश्यक छैन । उनिहरुले समय रहुन्जेलसम्म एमआरपीकै प्रयोग गर्न पाउनेछन् ।

शुल्क कति लाग्छ ?
इ-पासपोर्ट बनाउन एमआरपी बनाए सरहकै शुल्क लाग्छ । यस अघिको झैं पासपोर्ट कति दिनमा बनाउने हो त्यस अनुसार पुरानै मूल्यमा ई पासपोर्ट बनाउन सकिन्छ । जस अनुसार तीन दिनमा राहदानी बनाउन १० हजार, दुई दिनमा बनाउन १२ हजार र एक दिनमा बनाउन १५,००० रुपैयाँ लाग्छ ।

यो पनि पढ्नुहोस् : विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? कुन सामान ल्याउँदा कति लाग्छ भन्सार ? हेर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।