साइप्रस न्युज

साइप्रसमा २ रुसी महिलाको गोलि हानि हत्या, अपराधी पक्राउ

शेयर गर्नुहोस्
६ डिसेम्बर २०२१/ लिमासोल

गत नोभेम्बर देखि हराईरहेका दुइ रसियन महिला को हत्या भएको पुस्टि भएको छ। लार्नाका मेकेंजी स्थित अपार्टमेन्ट बाट अचानक हराएका ४३ र ३३ वर्षीय महिलाको खोजि अनुसन्धान  गर्ने क्रममा ३२ वर्षीय सिरियन नागरिकलाई पक्राउ गरेको थियो।

साइप्रस  प्रहरीको सोधपुछको क्रम मा आरोपी  ३२ वर्षीय सिरियन नागरिकले ति २ महिलाको गोलि हानि हत्या गरेर लिमासोल को एक गाउँमा गाडेको स्वीकार गरे।  हत्याराले दिएको जानकारीको आधारमा  प्रहरीले सो स्थानबाट ति २ महिलाको शव बरामद गरि पोस्टमार्टमको लागि पठाई सकेको छ।

को हुन् ति  महिलाहरु ?  को हो आरोपी ?

रसियाबाट  टुरिस्ट भिसामा  घुम्न आएका उनीहरु मध्ये एक गर्मि को सुरुवाती दिन मा र अर्की ६ हप्ता अघि मात्र साइप्रस आएका हुन्।  ४३ वर्षकी अल रयिसी खयात र ३३ वर्षीय मारिया गाजीबगाण्डोभा लार्नाका स्थित एक अपार्टमेन्ट मा संगै बस्दै आएका थिए।

हत्याका आरोपी ३२ वर्षीय सिरियन नागरिक हुन् , ग्रीक सिप्रियोट केटि संग विवाह गरेर बसेका आरोपी घर निर्माणको क्षेत्रमा काम गर्थे।

किन भयो हत्या ? कसरी पक्राउ परे हत्यारा  ?

लिमासोलको कातो अमियाटोस गाउँमा  केहि निर्माणको काम चल्दै थियो।  आरोपीले सोहि निर्माणस्थलमा एक हप्ता संगै बस्ने गरि यौन प्रस्ताव राखे र  उनीहरुलाई लिएर गए।   २५०० युरोमा कुरा पक्का भयो  तर, आरोपीले  एक हप्ता संग संगै बस्न एउटा सर्त पनि राखे। महिलाहरु को फोन, क्रेडिट कार्ड र आइडिकार्ड जमानतको रुप मा राखेर एक हप्ता पछि फिर्ता गर्ने।

आरोपीले महिलाहरुलाई २५०० युरो तिरेको दावी गरे पनि प्रहरीले छानबिन गर्दा आरोपीको बैंक खाताबाट कारोबार भएको नदेखिएकोले त्यो रकम कहाँ बाट आयो भनेर खोजि भै रहेको छ।

NEpali-mini-market-nicosia-cyprus-ads

रिपोर्टका अनुसार महिलाहरुले उसको मजाक उडाएका कारण रिसले मारेको बताइएको भए पनि कुनै स्पस्ट कारण देखिएको छैन।

आरोपीले  सर्त अनुसार लिएको क्रेडिट कार्डलाई हत्या पछि पनि पेट्रोल पम्प, सुपरमार्केट लगायतका स्थान मा प्रयोग गरेको पाइएपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो।

निर्माण स्थलको  सुक्ष्म निरिक्षण गर्दा जमिन खन्ने  एक्साभेटरमा भेटिएको रगत र लास गाडिएको स्थानमा  पाइएको रगत को डिएनए मृतक मध्य एक को पुस्टि भएको थियो।

फोरेन्सिक टिमले घटना स्थलमा रगतको निशानहरु भेटेको बताएको छ।  हत्या गरेर सो स्थानलाई राम्रो संग सफा गरिएका कारण खुला आँखाले रगतका निशान नदेखिएकाले फोरेन्सिक टिमले विशेष केमिकल प्रयोग गरि रगतको निशानहरु भेटेको बताइएको छ।

घटनास्थलबाट १० मिटर पछडी  गार्डेनमा १.५ मिटर गहिरो खाल्डो खनेर लास गाडेको माथिबाट गिटीबालुवाले पुरेको भनि आरोपीले बताए  पछि हिजो आइतबार प्रहरीले लास बरामद गरेको थियो।

हत्या गर्न सहयोग गरेको  आरोप मा प्रहरीले २३ वर्षीय अर्का सिरियन युवालाई पक्राउ गरे पनि अनुसन्धान पछी हत्यामा सामेल नभएको भनि छोडि दिएको छ तर लास गाड्न खाल्डो खन्न सहयोग गर्ने २ जना सहयोगी को खोजि पनि भै रहेको प्रहरीले बताएको छ।

यो पनि पढ्नुहोस् : कोरोना त्रास: साइप्रस आउनेलाई एयरपोर्ट मै अनिवार्य PCR टेस्ट

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।