कोरोनास्वास्थ्य

नेपालमा पनि ओमिक्रोन भेटियो, WHO ले जानकारी नगराउँदै नेपालमा भित्रिसकेको पुष्टि

शेयर गर्नुहोस्

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यहाँ नोभेम्बर ९ (२३ कात्तिक)मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको थियो र विश्व स्वास्थ्य संगठनले २३ नोभेम्बर (७ मंसिरमा) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको विश्व समुदायलाई जानकारी गराएको थियो ।

डब्ल्यूएचओले भेरियन्ट अफ कन्सर्नमा राखेको ओमिक्रोन नेपालमा पनि भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी दुई २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ३ मंसिरमा नयाँ भेरियन्ट भेटिएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक नेपाल आएका थिए उनको पीसीआर नेगेटिभ रिपोर्ट थियो भने खोपको दुबै मात्र पूरा गरेका थिए ।

तर उनी र उनको सम्पर्कमा आएका एक व्यक्तिलाई ७ मंसिरमा कोभिड–१९ संँग मिल्दाजुल्दा लक्षण देखियो । परीक्षण गर्दा दुबैमा कोरोना संक्रमण पुष्टि भयो ।

दुबैको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा नयाँ भेरियन्ट ओमिक्रोन भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्थात नयाँ भेरियन्ट बी.१.१.५२९ बारे दक्षिण अफ्रिकाले डब्ल्यूएचओलाई जानकारी गराउँदा नगराउँदै नेपालमा पनि संक्रमण भित्रिसकेको थियो । सोमबार औपचारिक रुपमा पुष्टि मात्र भएको हो ।

सम्पर्कमा आएका ६६ जनाको रिपोर्ट नेगेटिभ

मन्त्रालयका अनुसार दुई संक्रमितको सम्पर्कमा आएका ६६ जनाको पहिचान गरी पीसीआर परीक्षण गरिएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ र सबै स्वस्थ रहेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

मन्त्रालयले कोरोनाको अरु भेरियन्ट जस्तै ओमिक्रोनबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न र खोप अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
ओमिक्रोन भेरियन्ट कति घातक छ ? खोपको प्रभावकारिता कति रहन्छ भन्ने अझै अध्ययनकै क्रममा छ । तर झण्डै ५० वटा म्यूटेसन देखिएकाले अरु भेरियन्टभन्दा घातक हुनसक्ने आशंका अध्ययनकर्ताहरुको छ ।

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

तर कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

‘पछिल्लो समय विदेशबाट आउनुभएका दुई जना नागरिकहरु जसलाई शंका लागेर परीक्षण गर्न हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका थियौँ । जसमा १९ गते राति कोरोना संक्रमण पुष्टि भयो’ उनले भने, ‘यो (ओमिक्रोन भेरियन्टको) पहिलो संक्रमण हो । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरुमा कुनै लक्षणहरु पनि छैन । उहाँहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा हुनुहुन्छ ।’

अनलाइन खबर मा प्रकाशित

यो पनि पढ्नुहोस् : साइप्रसमा २ रुसी महिलाको गोलि हानि हत्या, अपराधी पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।