कोरोनासाइप्रस न्युज

साइप्रसमा बढ्दो कोरोना संक्रमण, एयरपोर्ट चेकिङ्गमा ३० जना कोभिड पोजेटिभ

शेयर गर्नुहोस्

समिम मियाँ

१३ डिसेम्बर २०२१/ लार्नाका

कोभिड १९ का कारण आज ८५ वर्षीय एक वृद्धको निकोसिया जेनेरल हस्पिटल मा मृत्यु भएको छ। कोभिड संक्रमण सुरु भएको समय देखि हाल सम्म ६११ जनाले ज्यान गुमाई सकेका छन्। सोमबार दिनभरी गरिएको र्यापिड र पिसिआर टेस्ट बाट ७१५ मा संक्रमण पुष्टी भएको  स्वास्थ्य मन्त्रालयले  जनाएको छ।

एक लाख छ हजार पांच सय बाह्र टेस्ट मध्य ७१५ मा संक्रमण देखिएको हो।  हाल सम्म साइप्रसमा एक लाख एकचालीस हजार पांच सय छैसट्ठी जना संक्रमित भै सकेका छन्।

संक्रमण भै सकेका व्याक्तिको निकट सम्पर्क मा आएका १३४५ जनाको नमुना परिक्षण गर्दा ५१ जनामा कोभिड पुष्टी भयो भने लार्नाका र पापोस एयरपोर्टमा ५९४६ जना को टेस्ट गर्दा ३० जनामा कोरोना पोजेटिभ देखियो।

सरकारले जारी गरेको ताजा आदेश अनुसार जुनसुकै देश बाट साइप्रस आउने यात्रुले लार्नाका र पापोस एयरपोर्ट मा पुन: कोरोना टेस्ट गर्नै पर्ने बाध्यता छ। एयरपोर्ट मा कोरोना टेस्ट गरेको रिपोर्ट  हेर्न यहाँ क्लिक गर्नुहोस।

त्यस्तै, व्याक्तिगत पहलमा टेस्ट गर्ने ४७२१ को नमुना परिक्षणमा ९८ जना, पब्लिक हस्पिटल ल्याबबाट २५ जना, प्राइभेट ल्याब र फार्मेसीले गरेको ६१,३१२ एण्टिजेन टेस्ट मा ३७२ जनामा र ३२६१५ र्यापिड टेस्ट बाट १३८ जनामा कोभिड पोजेटिभ पाइएको हो।

अहिले देश भरिका हस्पिटल मा १४९ जना कोभिड का बिरामी भर्ना भएका छन्।  जसमध्य ५२ को अवस्था गम्भीर छ।  हस्पिटल भर्ना हुने मध्ये ७७% बिरामी ले भ्याक्सिन लगाएका छैनन्।

साइप्रस को कुल जनसंख्या को ८०% भन्दा बढि ले कोरोना को खोप लगाई सकेका छन्।

यो पनि पढ्नुहोस् : इ-पासपोर्ट बनाउने कसरी ? साइप्रसबाट बनाउन कति रकम लाग्छ ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।