महत्वपूर्ण जानकारीसाइप्रस न्युज

नेपालमा कोभिड खोप लगाई सकेकाले साइप्रसमा सेफ पास कसरी बनाउने ?

शेयर गर्नुहोस्
समिम मियाँ
१४ डिसेम्बर २०२१/ लार्नाका

कोरोना विरुद्धको  खोप लगाएर साइप्रस आएका गैर युरोपेली नागरिकले युरोपियन डिजिटल भ्याकसिन सर्टिफिकेट  बनाउन सकिने स्वास्थ्य मन्त्रालयले बताएको छ। युरोपका २८ देश सहित नर्वे, आइसल्याण्ड, लिक्टन्ष्ताइन र स्वीटजर्ल्याण्ड बाहेका सबै देशका नागरिकले साइप्रस आउँदा युरोपियन डिजिटल भ्याकसिन सर्टिफिकेट बनाउन सक्नेछन्।

साइप्रसले मान्यता दिएका खोपहरु मध्य Jesssen/Johnson & Johnson, AstraZeneca (Vaxzevria, COVISHIELD, SKBio), Pfizer-BioNTech, Moderna, Sputnik V (Gam-COVID-Vac), भेरोसिल Sinopharm (BBIBPCOVID-19), Sinovac (CoronaVac). कुनै पनि एक लगाएको प्रमाण खुल्ने सर्टिफिकेट सहित European Digital vaccination Certificate को लागि form A भरेर इमेल गर्नु पर्दछ।

नेपालबाट आउने ले के गर्ने ?

नेपाल मा खोप दुवै  लगाएर आएको भए नेपाल सरकारले जारी गर्ने QR कोड सहित को खोप प्रमाण पत्र को फोटो  र European Digital vaccination Certificate को लागि form A मा भएको सबै जानकारी भर्ने र  हस्ताक्षर गरेर फोटो खिचेर साइप्रसको स्वास्थ्य मन्त्रालयको इमेल [email protected]  मा पठाउनु पर्छ।

अनलाइन बाट QR कोड सहित को खोप प्रमाण पत्र कसरी लिने ? भिडियो हेर्नुहोस् ;

QR कोड सहित को विधुतीय खोप प्रमाण पत्र बनाउन यी कागजात चाहिन्छ।

  •  कबुलनामा

कबुलनामा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

  • नागरिकता को फोटो
  • तपाइँ को पासपोर्ट साइज को फोटो
  • खोप कार्ड को फोटो

QR कोड सहित को विधुतीय खोप प्रमाण पत्र बनाउन अनलाइन लिंक यहाँ क्लिक गर्नुस्।

साइप्रस मा European Digital vaccination Certificate को लागि आवश्यक  form A के हो ? कसरि भर्ने ?

form A डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। 

फर्म डाउनलोड गरे पछि त्यसमा निम्न विवरण भरेर प्रिन्ट गराउनुस र हस्ताक्षर गर्नुहोस्।

साइप्रस आइडि नम्बर  वा एलियन रजिस्ट्रेसन नम्बर (ARC), आइडि को प्रकार साइप्रस आइडि हो  वा (ARC) , नाम थर , जन्म मिति , अन्तरराष्ट्रिय कोड सहित को मोबाइल नम्बर, खोप को नाम, पहिलो डोज लगाएको मिति, पहिलो डोज लगाएको देशको नाम, दोस्रो खोप को नाम, दोस्रो डोज लगाएको मिति, दोस्रो डोज लगाएको देशको नाम, भ्याकसिन सर्टिफिकेट जारी भएको देश, पुरा नाम, हस्ताक्षर, मिति।

अब यो फर्म को स्क्यान गरेर वा फोटो खिचेर  साथै QR कोड सहित को खोप प्रमाण पत्र को स्क्यान वा फोटो खिचेर साइप्रसको स्वास्थ्य मन्त्रालयको इमेल [email protected]  मा पठाउनु होस्।

त्यसपछि स्वास्थ्य मन्त्रालयले तपाइँलाई vaccination Certificate जारी गर्नेछ।  यो  तपाइँ को  सेफपास हो।

नोट : यदि तपाइँ को एक डोज मात्र भएको छ भने खोप कार्ड लाई नेपाल को दुतावास वा कन्सुलेटबाट प्रमाणित गराउनु पर्छ। प्रमाणित भए पछि सो को फोटो र फर्म A भरेर इमेल गर्नु पर्दछ।

यो पनि पढ्नुहोस् : इ-पासपोर्ट बनाउने कसरी ? साइप्रसबाट बनाउन कति रकम लाग्छ ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।