साइप्रस न्युज

मौसम चेतावनी : ‘कारमेल’आंधी साइप्रसमा आउदै, भारी वर्षा, चट्याङ,तेज हावा र हिमपात हुने

शेयर गर्नुहोस्

१७ डिसेम्बर २०२१/ लार्काना 

भूमध्यसागरमा बनेको एक गम्भीर किसिमको  मौसम प्रणालीले साइप्रसलाई प्रत्यक्ष असर पार्ने मौसम विभागले जनाएको छ जसलाई कार्मेल नाम दिइएको छ।यो एक आंधी बेहेरी हो जसको रफ्तार ७६ किलो मिटर प्रति घण्टा सम्म पुग्नेछ ।

इजरायली मौसम विज्ञान सेवासँग संयोजनमा दिइएको यो “कार्मेल “नामले बाइबलको शमूएलको पुस्तक र जोशुआमा पनि उल्लेख गरिएको सहरलाई जनाउँछ।

ग्रीसको रोड्स टापु बाट सुरु भएको सो आंधीले साईप्रसलाइ  शनिवार साँझबाट सोमबार सम्म आफ्नो चपेटामा लिने छ ।

41 नट्स वा ७६ किलो मिटर प्रति घण्टाको रफ्तार भएको हावा चल्ने भएकोले यसलाई मौसमि भाषामा “सिभिएर गेल” अथवा गम्भीर आँधीबेहरी भनिन्छ।

सिभिल डिफेन्सले एक चेतावनी जारी गर्दै सर्वसाधारण लाई सुरक्षा उपाय अपनाउन अनुरोध गरेको छ।

सो मौसम प्रणालीले बनाएको आँधीले आफु संग भारी वर्षा, चट्याङ र तेज हावा लिएर आउनेछ।

आँधीको असरले  अबको तिन हप्ता पूर्वी भूमध्यसागर मा भारी वर्षा गराउने  मौसम विभागले पूर्वानुमान गरेको छ भने  पहाडी इलाकामा भारी हिमपात हुने विभागले बताएको छ।

आंधीले क्षति गर्न सक्ने हुनाले तयारि गर्न सिभिल डिफेन्सले अनुरोध गर्दै पानि बग्ने गटर, नाली बन्द भए खुला गराउन र अन्डरग्राउण्ड हरु मा पानी पस्न सक्ने बताएको छ।
बेसमेंट र अन्डरग्राउण्डमा पानी भरिएर हुन सक्ने क्षतिबाट बच्न, बाढी आउन सक्ने अनुमान भएका स्थान मा बालुवा भरेका बोरा राखेर सुरक्षा गर्न भनिएको छ ।
आंधीका बेला अनावश्यक कारण घर बाहिर नजान पनि डिफेन्सले अनुरोध गरेको छ।
पहिलो जान सक्ने, बाढी जान सक्ने स्थान मा नजान भनेको छ। कारणबस बढी मा आफ्नो कार मा फसेमा  कार छोडेर सुरक्षित स्थान मा जान र आपतकालिन सेवाका स्टाफलाई डिस्टर्ब नगर्न पनि भनिएको छ ।
बाढी आउन सक्ने स्थानमा बिजुली जान सक्ने हुँदा सोहि अनुसार तयार रहन सिभिल डिफेन्स ले बताएको छ ।
समुन्द्रमा छाल  लहरहरु ठुलो हुने हुँदा समुन्द्र  छेउछाउ जान बाट पनि बच्न भनिएको छ।
केहि टिप्सहरु:
  • लाइन जान सक्छ त्यसैले लाइटर र मैनबत्ती हरु भेट्ने ठाउँमा राख्नुहोस् .
  • पानीको सप्लाई बन्द हुन सक्छ बोतलमा पानी भरेर वा मिनिरल वाटरहरु साथमा राख्नुहोस्
  • बाढी पस्न सक्छ, अन्डरगराउंद मा बस्नु हुन्छ भने माथिल्लो तलामा जानुहोस्
  • पानी परेको बेला बिनाकारण बाहिर नजानुस चट्याङ पर्न सक्छ
  • पहाडी इलाकामा पहिरो जान सक्ने सम्भावना हुन्छ
  • समुन्द्र किनारमा जानु हुदैन, अग्ला छाल आउने हुँदा रिस्क हुन्छ
  • पानी बगेको रोडहरुमा स्कुटर, बाइकहरु गाडी नचलाउनुस
  • बिजुलीका पोल को छेउछाउमा नजानुस
  • बाढी पसेको स्थान मा सिभिल डिफेन्स र प्रहरी ले नभने सम्म सुरक्षित स्थान मै बस्नुहोस्
  • अनावश्यक मोबाइल फोन को प्रयोग नगर्नुहोस, आपतकालीन सेवा बोलाउन पर्दा चार्ज नहुन सक्छ

यो समाचार पनि पढ्नुहोस् : इल्लिगल भएर बस्ने हाउसमेड सहित २२ वर्षीय युवा पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।