साइप्रस न्युज

दिनको २ हजार कोभिड बिरामि

शेयर गर्नुहोस्

समिम मियाँ
२४ डिसेम्बर २०२१/ पारालिम्नि
बिहिवार कोरोनाको संक्रमण ९७८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। केहि दिन देखि दैनिक ८०० जना संक्रमण फेला परि रहेको छ।
करिब एक हजार मा सन्क्रमण देखिए पछि रास्ट्रपति निकोस अनाष्टसियादेशले प्रतिकृया दिदै विज्ञान मा भरोसा गर्दै कोभिड विरुद्धको भ्याक्सिन लगाउन आह्वान गर्नु भयो ।

हिजो पनि निकोसिया जेनेरल हस्पिटल मा आज एक जना को मृत्यु भएको छ। अहिले हस्पिटल मा १६२ जना कोभिड बिरामि भर्नारत छन्  जसमध्य १३ जना आइसियु मा छन् ।

अहिले तिव्र गतिमा संक्रमण बढ्नु को पछाडि ओमिक्रोन भेरियन्ट हुन सक्ने अनुमान गरिएको छ। तर यस्को पुष्ठि शुक्रबार आउने रिपोर्ट ले गर्नेछ।
“जिन सिन्क” गरेर मात्र ओमिक्रोन हो होइन थाहा हुने भएकोले ल्याब रिपोर्ट आउन १/२ दिन कुर्न पर्ने बाध्यता छ।

युके बाट आउने यात्रुको लागि सरकारले थप कडाइ गरेको छ। युके का यात्रुले पापोस र लार्नाका एयरपोर्ट मा गरिने टेस्ट पश्चात पाँच सेल्फ टेस्ट किट पाउनेछन् । होम क्वारेन्टाइन बसेर सात दिन सम्म्म दैनिक रूपमा टेस्ट गरेर सातौ दिन पनि पिसिआर टेस्ट  को नतिजा नेगेटिभ आएमा मात्र क्वारेन्टाइन बाट निस्किन मिल्ने सरकारले नियम लागु गरेको हो । साथै, र्यापिड टेस्ट, सामाजिक दुरि र मास्क अनिवार्य प्रयोग गर्न भनिएको छ।
जति डोज खोप लगाएका वा  नलगाएका सबैको लागि यो नियम लागु हुने बताइएको छ।

महामारी विशेषज्ञका अनुसार साइप्रस मा कोरोना संक्रमण दैनिक दुइ हजार पुग्ने अनुमान गरिएको छ ।

यहि अनुपातमा संक्रमण बड्दै गए विभिन्न प्रतिबन्ध लाग्न सक्ने अनुमान पनि गरिएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।