कोरोनासाइप्रस न्युज

साइप्रसमा कोरोना डरलाग्दो गरि बढ्यो, के फेरी हुन्छ त लकडाउन ?

शेयर गर्नुहोस्
समिम मियाँ
२८ डिसेम्बर २०२१/ पारालिम्नी

क्रिसमसको छुट्टी सकिने बितिकै कोरोना को संक्रमण मा खतरानाक ढंग वृद्धि भए पछि स्वास्थ्य मन्त्रालय ‘अलर्ट’ मा बसेको छ।  हिजो १९२५ जनामा संक्रमण देखिएपछि आज मंगलबार  २,२४१ मा कोरोना पोजेटिभ देखिएको हो।

आज देश भरि गरिएको ९८ हजार पिसिआर र र्यापिड टेस्टमा बाइस सय एकचालीस जनामा संक्रमण देखिएको हो। तर कोभिडका कारण आज कसैको ज्यान भने गएको छैन।

अहिले देश भरिका हस्पिटल मा १६८ जना बिरामी भर्ना भएका छन्। ८४ जना को अवस्था गम्भिर रहेको छ। हस्पिटल भर्ना हुने मध्य १३५ जना खोप नलगाएका व्याक्तिहरु हुन्।

प्राइभेट ल्याब र फार्मेशीले गरेको साठी हजार बाउन्न र्यापिड टेस्ट बाट एक हजार छयालीस जनामा कोरोना पोजेटिभ देखिएको थियो। साथै, सरकारी टेस्ट अभियान बाट पनि ४८३ मा कोभिड पोजेटिभ बिरामी पाइयो।

पापोस र लार्नाका एयरपोर्टमा आउने यात्रुको अनिवार्य पिसिआर परिक्षण गरिने नियम लागु भए देखि बाट दैनिक टेस्ट गरिदै आएकोमा आज ५६४३ टेस्ट गरिदा ७६ जनामा पोजेटिभ भएको नतिजा आएको मन्त्रालयले जानकारी दिएको छ।

व्याक्तिगत रुपमा टेस्ट गराउने ३८९ जनामा, कोरोना संक्रमित को “क्लोज कन्ट्याक्ट ‘ आएका १६७१ को टेस्ट गर्दा २२० मा कोरोना सरि सकेको पुस्टि भयो।सरकारी  हस्पिटल ल्याबले जांच गरेको ३६६ नमुना बाट २६ र व्याक्तिगत डाक्टरको सिफारिसमा गरिएको ५५ जनाको टेस्टमा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ।

कोरोना कहर सुरु भए देखि अहिले सम्म एक लाख चौउन्न हजार नौ सय छब्बीस जना संक्रमित भै सकेका छन् भने ६३० जनाको मृत्यु भै सकेको छ।

कोरोना संक्रमण बडे संगै आम जनमानसमा फेरी लकडाउन हुन्छ कि भन्ने चिन्ता देखिएको छ। तर जानकारका अनुसार भने सरकारले लकडाउन नगर्ने तर भ्याक्सिन लगाउन प्रति प्रेरित गर्ने तर्फ कदम चाल्न सक्ने बुझिएको छ।

सेफपास चेकिङ्ग मा कडाइ गर्ने, भ्याक्सिन,सेफपास र र्यापिड टेस्ट भए नभएको चेकिङ्ग गर्ने मा कदाइ गर्न सक्ने जानकारले बताएका छन्। नयाँ वर्षको आवागमन संगै केहि कडाइ खाले नियम वा प्रतिबन्ध लागु गर्न सक्ने विज्ञले अनुमान गरेका छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसमा कोरोना डरलाग्दो गरि बढ्यो, के फेरी हुन्छ त लकडाउन ?

Comments are closed.