कोरोनासाइप्रस न्युज

साइप्रसमा रेकर्डतोड कोरोना संक्रमण: आज पाँच हजारमा कोरोना पुष्टी

शेयर गर्नुहोस्

समिम मियाँ

३१ डिसेम्बर २०२१/ पारालिम्नी

तिन दिन देखि लगातार बढी रहेको कोरोनाको रेकर्डतोड संक्रमणले देखिएको छ  । साइप्रसमा आज दिनभरी गरिएको टेस्टबाट पांच हजार अढचालिस जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

पछिल्लो २४ घन्टामा देशभरीमा सर्वाधिक र्यापिड र पिसिआर टेस्ट गरिएको छ।  आज एक लाख उनान्सत्तरी हजार चार सय छयहत्तर जनाको रेकर्डतोड टेस्ट गरिएको  स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

संक्रमण बडे संगै साइप्रसभरिका हस्पिटलमा बिरामी को संख्या पनि बड्दो छ।  उपचार गराई रहेका २ जना को आज ज्यान गएको मन्त्रालयले जनाएको छ। अहिले हस्पिटलमा १८० जना भर्ना छन् जसमध्य ७९ को अवस्था गम्भीर छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भर्ना हुने पचासी प्रतिसत विरामी खोप नलगाएका व्याक्ति हुन्।  खोप लगाउदा कोरोना संक्रमण भए पनि अस्पताल नै भर्ना हुने अवस्था कम रहने तथ्यांकले देखाएको छ।

शुक्रबार दिनभरिमा १४,९७१ को पिसिआर टेस्ट गरिएको थियो भने एक लाख चौवन्न हजार पांच सय पांच जनाको र्यापिड टेस्ट गरिएको थियो।

आज २ एयरपोर्ट बाट लिएको ६१८६ नमुना बाट १०५ मा कोरोना पुष्टी भएको थियो भने सरकारी निशुल्क टेस्ट कार्यक्रम अन्तर्गत ३२,८९१ को टेस्ट बाट ७५१ मा कोरोना देखिएको हो।

व्यक्तिगत रुपमा टेस्ट गराउने ७८१६ मध्य १३५२ मा कोरोना संक्रमण पाइयो भने हस्पिटल ल्याबबाट २५ मा कोभिड १९ संक्रमण पाइयो।

देशभरिका प्राइभेट फार्मेसी र ल्याबले शुक्रबार एक लाख एक्काइस हजार छ सय चौध र्यापिड टेस्ट बाट अठ्ठाइस सय पन्ध्र जनामा कोभिड १९ पोजेटिभ रहेको रिपोर्ट जारी गरेका छन्।

सरकारी टेस्ट गराउदा

सरकारी निशुल्क टेस्ट कार्यक्रम अन्तर्गत ३२,८९१ को टेस्ट बाट ७५१ मा कोरोना देखिएको जिल्ला अनुसार को तालिका

जिल्ला 

परिक्षण गरिएको संख्या 

पोजेटिभ भएका बिरामी संख्या 

निकोसिया 

15,294

394

लिमासोल

5,583

159

लार्नाका

5,878

99

पापोस

3,298

62

फामागुस्ता

1,892

33

नर्सिङ्ग होम

निकोसिया 

266

0

लिमासोल

455

2

लार्नाका

26

0

फामागुस्ता

14

0

Closed Structures

175

2

विशेष स्कुलहरु

  10

0

यो पनि पढ्नुहोस् : कोरोना बडेपछि सरकारको नयाँ नियम 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।