कोरोना

ओमिक्रोन कम हानिकारक भएको अध्ययनकर्ताहको दाबी

शेयर गर्नुहोस्

लण्डनः कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन फोक्सोको लागि कम हानिकारक भएको नयाँ अध्ययनले पत्ता लगाएको छ। कोभिड-१९ को पहिलो र अन्य भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट कम हानिकारक भएको विभिन्न ६ वटा अध्ययनले पत्ता लगाएका हुन्।

क्रिसमसपछि सार्वजनिक भएका विभिन्न ६ वटा अध्ययनले सो तथ्य पत्ता लगाएका हुन्। ओमिक्रोनले फोक्सोभन्दा बढी घाँटीमा असर गर्ने सम्भावना देखिएको अध्ययनमा उल्लेख छ। यद्यपि, वैज्ञानिकहरुले सो सम्बन्धमा अझै समिक्षा र अध्ययन गरिरहेको बताइएको छ।

डेल्टा र अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट बढी संक्रामक तर फोक्सोको लागि कम हानिकारक भएको नयाँ अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन्।

‘कोभिड १९ का अघिल्ला भेरियन्टभन्दा ओमिक्रोन फरक छ। अघिल्लो भेरियन्टहरुको तुलनामा ओमिक्रोन तीव्ररुपमा फैलिए पनि फोक्सो र मृत्युको लागि यो कम हानीकारक छ,’ युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी प्रोफेसर डिनान पिल्लेले गार्जियनसँग भनेका छन्।

शेयर गर्नुहोस्