देश विदेश

नापी कर्मचारीले छोरी बराबर उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित, जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल

शेयर गर्नुहोस्

पाँचथर । पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित परेका छन् । आइतबार सामाजिक संजाल फेशबुकमा उनलाई बैवाहिक जीवनको सुभकामना भन्दै उनको नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु चकित परेका हुन् ।

हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक संजालमा टिप्पणी समेत भइरहेको छ । जसमा दुलाह भने डिल्लीराम मुखिया भनिएको छ । नवविहाहित युवतीको भने परीचय खुलाइएको छैन ।

डिल्लीराम मुखिया जो पाँचथर फिदिमस्थित नापी कार्यलयका कर्मचारी रहेको भनिएको छ । उनको नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामनाको कमेन्टमा कतिपयले ‘युवा पूरुष मर’ भनेका छन्, भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टिप्पणी गरेका छन् । उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल बनेको छ । नेपाल खबर बाट

शेयर गर्नुहोस्