साइप्रस न्युज

हामी फेरी नयाँ लकडाउन चाहदैनौ : राष्ट्रपति अनास्टसियादेश

शेयर गर्नुहोस्
समिम मियाँ
६ जनवरी २०२२/ पारालिम्नी

सरकारले फेरी नयाँ लकडाउन लगाउन नचाहेको राष्ट्रपति निकोस अनास्टसियादेशले बताउनु भएको छ। बिहिबार इपिपनि दिवसको अवसरमा लार्नाकामा भएको समारोहमा बोल्दै राष्ट्रपतिले लकडाउन लगाउने उद्देश्य नभएको तर कोरोनाको विभिन्न भेरीयन्ट संग लड्न आवश्यक पर्ने सबै खोप लगाउन वैज्ञानिकहरुले गरेको आह्वान मान्न अनुरोध गर्नु भयो।

बुधबार बसेको  मंत्रीपरिषदको बैठकले गरेको निर्णय थप कडा बनाउन सक्ने तर्फ संकेत गर्दै लकडाउनले  नागरिक र व्यापार-व्यवसायलाई प्रभावित परिसकेको अवस्थमा नयाँ लकडाउन गरेर पुन: सोहि अवस्थामा पुर्याउन नचाहेको राष्ट्रपतिले  बताउनु भयो।

महामारी विज्ञका सुझावका आधारमा नै हाल सम्म निर्णयहरु लिएको स्मरण गराउदै कोभिड १९ का भेरीयन्ट संग लड्न कोभिड विरुद्ध खोप नै एक मात्र उपाए भएको उहाँको भनाइँ थियो।

साथै, बुधबार बसेको मंत्री परिषदको बैठक मा राष्ट्रपतिले कोरोना नियम पालना भए/नभएको कडाइका साथ चेक गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भयो।  खास गरि रेस्टुरेन्ट, नाइट क्लब र बार हरुमा बारम्बार चेक गर्न र सरकारले दिएको निर्देशन पालना भए/नभएको निरिक्षण गर्न निर्देशन दिनु भएको हो।

निर्देशन अनुसार प्रहरीले कोरोना नियम पालना नभएको पाइए भारी जरिवाना गर्न सुरु गरेको छ। केहि दिन देखि कोरोना संक्रमणमा उछाल देखिएको छ , दैनिक पांच हजार भन्दा बढी संक्रम्नित पुस्टि भै रहेको छ।

यो पनि पढ्नुहोस् : जनवरी ६ बाट लागु भयो नयाँ नियम , एसएमएस सिस्टम नहुने 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “हामी फेरी नयाँ लकडाउन चाहदैनौ : राष्ट्रपति अनास्टसियादेश

Comments are closed.