कोरोनासाइप्रस न्युज

आइतबार ४ को मृत्यु, ३०१२ मा कोरोना संक्रमण

शेयर गर्नुहोस्

९ जनवरी २०२२/ पारालिम्नी

कोरोना भाइरस संक्रमणका कारण आज ४ जनाको मृत्यु भए संगै तिन हजार बाह्र जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। आइतबार दिनभरी गरिएको एक लाख उनानचालिस हजार सात सय नौ टेस्ट बाट ३०१२ जनामा कोभिड पोजेटिभ पाइएको हो।

कोरोनाको संक्रमण पछिल्लो केहि हप्ता देखि बढे संगै संक्रमणदर र मृत्युदर पनि बढेको छ।

संक्रमण बढ्दै गए पछि अस्पताल भर्ना हुने बिरामी को संख्या पनि बढेको देखिएको छ।  अहिले देश भरिका हस्पिटलमा २५१ जना कोभिड बिरामी ले उपचार गराई रहेका छन्।  कोभिड संक्रमण भएर हस्पिटल भर्ना हुने मध्य अधिकांसले खोप नलगाएको मन्त्रालयले बताएको छ।

हस्पिटलमा भर्ना हुने मध्य एकानब्बे जना ‘सिरियस कन्डिसन’ मा छन्।  महामारी सुरु भए देखि आज सम्म ६५७ जनाले ज्यान गुमाइ सकेका छन्।

कोरोना पोजेटिभ को कन्ट्याक्ट ट्रेसिंग गर्दै जाँदा ६९ मा संक्रमण भएको देखिएको छ भने ४४२१ जनाको एयरपोर्ट मा पिसिआर परिक्षण गर्दा ९७ जनामा कोरोना पोजेटिभ पुस्टी भएको थियो।

व्याक्तिगत पहल मा टेस्ट गर्ने मध्य २९२ जना, हस्पिटल ल्याब बाट ४१ जना, प्राइभेट ल्याब र फार्मेसी ले टेस्ट गरेको ५२,९८२ को नमुना बाट एक हजार एकहत्तर मा पोजेटिभ पाइएको हो।

सरकारी नि:शुल्क टेस्ट कार्यक्रम अन्तरगत ७८ हजार २६ को स्याम्पल जांच गर्दा एक हजार चार सय सैतिस जनामा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साइप्रसमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ , २५ जना संक्रमित फेला

साइप्रसका एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् ।

शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् ।

तर यो भेरियन्टले थप मानिसलाई संक्रमित गरे वा नगरेको र यसको असरबारे बताउन हतार हुने कोस्ट्रिकिसले प्रस्ट पारे ।

‘यो भेरियन्ट व्याप्त भनेपछि मात्रै बढी संक्रामक छ वा छैन भनेर थाहा पाउने छौं’, उनले भने ।

ओमिक्रोनले नै डेल्टाक्रोनलाई पछि पार्न सक्ने संभावना रहेको पनि उनको भनाइ छ ।
भाइरसको ट्र्याकिङ गर्दै आएको अन्तर्राष्ट्रिय डाटाबेस जीआईएसएआईडी समक्ष डेल्टाक्रोन सम्बन्धी विवरण पठाइसकिएको छ ।

तल दिएका समाचार संगै यो पनि पढ्नुहोस् : जनवरी छ तारिख बाट लागु भएको नियम के के हो ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।