कोरोनासाइप्रस न्युज

आज ४ को मृत्यु, ४१८७ मा कोरोना पुष्टी

शेयर गर्नुहोस्

१० जनवरी २०२२/ पारालिम्नी

कोरोना भाइरस संक्रमणका कारण आज पनि ४ जनाको मृत्यु भए संगै चार हजार एक सय सतासी  जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सोमबार  दिनभरी गरिएको एक लाख सैतिस हजार एकानब्बे टेस्ट बाट ४१८७ जनामा कोभिड पोजेटिभ पाइएको हो।

कोरोनाको संक्रमण पछिल्लो केहि हप्ता देखि बढे संगै संक्रमणदर र मृत्युदर पनि बढेको छ।

संक्रमण बढ्दै गए पछि अस्पताल भर्ना हुने बिरामी को संख्या पनि बढेको देखिएको छ।  अहिले देश भरिका हस्पिटलमा २४५ जना कोभिड बिरामी ले उपचार गराई रहेका छन्।  कोभिड संक्रमण भएर हस्पिटल भर्ना हुने मध्य अधिकांसले खोप नलगाएको मन्त्रालयले बताएको छ।

हस्पिटलमा भर्ना हुने मध्य छयासी  जना ‘सिरियस कन्डिसन’ मा छन्।  महामारी सुरु भए देखि आज सम्म ६६१ जनाले ज्यान गुमाइ सकेका छन्।

कोरोना पोजेटिभ को कन्ट्याक्ट ट्रेसिंग गर्दै जाँदा दुइ सय  मा संक्रमण भएको देखिएको छ भने ५६४६ जनाको एयरपोर्ट मा पिसिआर परिक्षण गर्दा ८६ जनामा कोरोना पोजेटिभ पुस्टी भएको थियो।

प्राइभेट ल्याब र फार्मेसी ले टेस्ट गरेको ८७,५१२  को नमुना बाट दुइ हजार छ सय असि जना मा पोजेटिभ पाइएको हो।

सरकारी नि:शुल्क टेस्ट कार्यक्रम अन्तरगत ३६  हजार ६६३  को स्याम्पल जांच गर्दा सात सय छयासी  जनामा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस :तल दिएका समाचार संगै यो पनि पढ्नुहोस् : जनवरी छ तारिख बाट लागु भएको नियम के के हो ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।