संघसंस्था गतिविधिसाइप्रस न्युज

सबै आदीबासी जनजातिहरु मिलेर आफनो पहिचान बचाउनुपर्ने :- तामाङ घेदुङ केन्द्रका अध्यक्ष गोले

शेयर गर्नुहोस्

साईप्रस , युरोप । नेपाली राज्य सत्ताले आदीबासी जनजातिहरुलाई अपहेलित गरेको भन्दै सारा आदिबासी जनजातिहरु मिलेर आफनो पहिचान बचाउनका लागि लाग्नुपर्ने नेपाल तामाङ घेदुङ केन्द्रका अध्यक्ष मोहन गोले तामाङले बताउनु भएको छ । उहाले नेपाल सरकारका शासकहरुले आफनो पर्बहरुमा बोनस , समानमा छुट आदी लगाएत दिने र आदीबासीहरुको दिवसमा कुनै वास्ता नगरेको अरोप समेत लगाउनु भयो ।

नेपाल तामाङ घेदुङ साइप्रसले आइतबारका दिन तामाङहरुको महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८५८ सोनाम ल्होछार च्यान र ताक ल्हो (बाघ वर्ग) को पवान अवसरमा नेपाल तामाङ घेदुङ साइप्रसद्वारा जुन भर्चुअलको माध्यमबाट आयोजित साँस्कृतिक तथा शुभकामना समारोहमा अध्यक्ष गोलेले त्यस्तो कुरा बताउनु भएको हो ।

अध्यक्ष गोलेले नेपालका राजनितिकदलहरुले तामाङ जातिहरुलाई प्रयोग मात्रै गरेकोले अब सबै तामाङहरु सचेत हुनुपर्ने आग्रह गर्नुभयो । नेपाल तामाङ घेदुङ साइप्रसकी अध्यक्ष लक्ष्मी ब्लोन तामाङ को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द विदेश विभाग प्रमुख तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिस्ठ उपाध्यक्ष टासी लामाले सोनाम ल्होछार पर्ब कुनै एक जातको मात्रै नभई सारा नेपाली समुदायहरुको भएको भन्दै स्वदेश तथा विदेशमा रहेका सबैले मनाउनुपर्ने आग्रह गर्नुभयो ।

तामाङ घेदुङ साइप्रसकी रन्जना तामाङको संचालनमा भएको कार्यक्रममा बिशेष अतिथ नेपाल तामाङ घेदुङ केन्द्रका उपाध्यक्ष कुमार घिसिङ तामाङ ,घेदुङ केन्द्रका महासचिव महित कुमार तामाङ (बाबू घिसिङ) प्रवासी नेपाली मन्च साईप्रसका अध्यक्ष एवमं मोना साईप्रसका अध्यक्ष लोकराज रोका मगर , नेपाली जनसम्पर्क समिति साईप्रसकी अध्यक्ष सिता आर्यल , सुदुर पश्चिम समाज साईप्रसका अध्यक्ष डम्बर खडका ,किरात याक्थुगं चुम्लुगंकी सल्लाहकार चुमान्ता लिम्बु लगाएतले शुभकामना दिनुभएको थियो भने कायक्रममा नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम , समाजसेबी धतानन्द पाण्डे लगाएतको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा  ताम्बा काईतेन प्रसान्त घिसिगंले गर्नुभएको थियो भने कायक्रमको  लामा विभागकी सदस्य  किन्जगं पेत्तु घिसिगं लामा मोलम प्रस्तुत गर्नु भएको थियो ।

शेयर गर्नुहोस्