संघसंस्था गतिविधिसाइप्रस न्युज

राष्ट्रिय जनमुक्ति मन्च साईप्रसले आफनो पार्टीको ३१औ स्थापना दिवस मनायो

शेयर गर्नुहोस्

युरोप , साईप्रस । राष्ट्रिय जनमुक्ति मन्च साईप्रसले आफनो पार्टी स्थापना भएको ३१ औ स्थापना दिवस आईतवार १३ फरवरीका दिन  निकोसियामा मनाएको छ । मन्चकी अध्यक्ष गुडिया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीको अवधारण , हक अधिकार सुनिश्चितताका लागि प्रवासबाट खेल्नुपर्ने भुमिका ,बालबालिका आदी सम्बन्धी कुराहरुका बारेमा छलफल भएको मन्चकी प्रमुख संरक्षक एवमं निबर्तमान अध्यक्ष तारा राईले जानकारी दिनुभयो ।

राईका अनुसार स्थापना दिवसको केक अध्यक्ष गुडिया र बरिष्ठ उपाध्यक्ष नविन राईले संयुक्त रुपमा केक काटनुभएको थियो । कार्यक्रममा कोषको रजिस्टर , लगाएत आर्थिक कागजपत्रहरु कोषाध्यक्ष शिला कुवंरलाई जिम्मा लगाईएको थियो । कार्यक्रममा महासचिव खम माया पुन , उपाध्यक्ष सविता राई लगाएत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

शेयर गर्नुहोस्