प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

युक्रेनबाट करिब दुई सय भन्दा बढि नेपाली पोल्यण्डमा उद्धार गर्यौ :- आईसिसि सदस्य राई

शेयर गर्नुहोस्

साईप्रस , युरोप  , रसिया युक्रेनको युद्धमा फसेका करिब दुई सय भन्दा बढि नेपालीहरुलाई पोल्यण्डमा उद्धार गरिएको गैरआवासिय नेपाली सघं आईसिसि तथा पोल्यण्डका निवर्तमान अध्यक्ष गोपाल राईले जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासघं युरोप शाखाले अकास्मिक रुपमा आयोजना गरेको कसरी युद्धस्थलबाट युक्रेन र पोल्याण्डको सिमा क्षेत्रमा आई पुगे ( भयानक ,कहालीलाग्दो र दर्दनाक अनुभब सिमा क्षेत्रबाट लाईभ कार्यक्रममा राईले सो जानकारी दिनुभएको हो ।

आईसिसि सदस्य राईले युक्रेनमा रहेका नेपालीहरुलाई एनआरएनए पोल्यण्डको विशेष सहयोगमा आफु लगाएत एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्त सहितको टोलीले उद्धार गरिरहेको जानकारी दिदै युक्रेनमा रहेका नेपालीहरुको परिवारलाई नअत्तिन अनुरोध समेत गर्नु भयो । साथै एनआरएनएले युक्रेनबाट पोल्यण्ड छिर्ने सबैलाई पोल्यण्ड सरकारले निशुल्क यातायातको ब्यवस्था गरिएको बताउनु भयो ।

साथै नेपालीहरुलाई उद्धार गर्नका लागि पोल्यण्ड लगाएत युक्रेनसगं सिमा जोडिएका सबै देशका नेपाली समुदायहरुको सघंसस्थाहरु आ आफनो तरिकाले उद्धार कार्य जारी राखेको हामीलाई जानकारी प्राप्त भएको छ । पत्रकार महासघं युरोप शाखाका कार्यबाहक अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा महासघंका सचिव शेर बहादुर परियार , कार्यसमिति सदस्यद्धय दिनेश गौतम र अनिल पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

शेयर गर्नुहोस्