साइप्रस न्युज

तिव्र गतिको हावा चल्ने, पहेलो सतर्कता संकेत जारी

शेयर गर्नुहोस्

१० मार्च २०२२/ पारालिम्नी

साइप्रसको मौसम विभागले तिव्र गतिको हावा चल्ने पूर्वानुमान गर्दै  पहेलो सतर्कता संकेत जारी गरेको छ। बिहिबार राति ११ बजे देखि शुक्रबार बिहान ८ बजे सम्म को लागि सतर्कता संकेत जारी गरेको हो।

देश को आन्तरिक भू भागमा शुक्रबार दिनभरी वर्षा हुने पूर्वानुमान गरिएको छ भने  ट्रोडोस लगायतका पहाडि इलाकामा हिउँ पर्ने विभागले बताएको छ।

देशका अधिन्कास स्थान मा सोमबार सम्म वर्षा हुने बताइएको छ।  वर्षा संगै तापक्रम घट्ने छ। आज राति  ट्रोडोस लगायतका पहाडि इलाकाको तापक्रम -३ डिग्री सम्म पुग्न सक्ने भने अन्य स्थान मा ८ डिग्री सम्म पुग्ने विभाग ले जनाएको छ।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।