साइप्रस न्युज

निकोसियाको सार्वजनिक शौचालयमा मृत शिशु फेला

शेयर गर्नुहोस्

११ अप्रिल २०२२/ पारालिम्नी
निकोसिया को सोलोमो स्क्वायर मा आइतबार बेलुकी करिब ५ बजे हल्ला खल्ला मक्चियो । सहर को व्यस्त इलाकामा छुट्टी मनाउन निस्किएकाहरु ले कुरा बुझ्न सकेनन् । आइतबार विदेशी श्रमिक ले भरिभराउ रहने सोलोमो स्क्वायर को पार्क मा रहेको सार्वजनिक शौचालयमा मृत शिशु भेटिएको खबर फैलियो ।
शौचालय सफाइ कर्मचारीले अत्यन्त तेज गन्ध आएको महसुस गरेपछि खोजी गर्दा शौचालय भित्र प्लास्टिक झोला भित्र सड्न लागेको अवस्थामा मृत शिशु फेला परेको थियो।
घटनाको खबर पाउना साथ प्रहरीले सो स्थान सिल गरेर अनुसन्धान सुरु गर्यो।


प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो गर्भपतन गरिएको हुन सक्छ। मृत बच्चा सड्न लागेको हुनाले केही दिन अघि नै फालिएको हुन सक्ने अनुमान गरिएको छ। स्थानिय मिडिया ले प्रकशित गरेको रिपोर्ट अनुसार प्रहरीले सो स्थान आसपास को सिसिटिभी फुटेज , अस्पताल र क्लिनिक मा छानबिन सुरु गरेको छ। रक्तस्राव भएर उपचार को लागि कोहि अस्पताल वा क्लिनिक पुगेको हुन सक्ने अनुमानमा प्रहरी खोजी कार्यमा जुटेको छ।
पोस्टमार्टम कार्य सोमबार हुन सक्ने मिडिया रिपोर्ट मा उल्लेख छ। 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।