महत्वपूर्ण जानकारीसंघसंस्था गतिविधिसाइप्रस न्युज

अबैधानिक बाटोबाट पैसा नपठाउनुः होनरी कन्सुलर डा. पन्जियार

शेयर गर्नुहोस्

युरोप साईप्रस , साईप्रसमा रहेका नेपालीहरुले अबैधानिक बाटोबाट स्वदेश पैसा नपठाउने अवैतानिक बाणिज्यदुतावास साईप्रसका प्रमुख डा. रामजिवन पन्जियारले आग्रह गर्नुभएको छ । पछिल्लो समयमा नेपालीहरुले साईप्रसबाट हुण्डी , अबैधानिक बाटोमा नेपाल पैसा पठाउने , दलालहरुको विभिन्न प्रलोभनमा परि आफुले कमाएको पैसा मासिने जस्ता घटनाहरु आफु कहा आएकोले त्यस्तो आर्थिक कारोबार नगर्न गराउन सबै साईप्रसबासी नेपालीहरुलाई डा. पन्जियारले अनुरोध गर्नु भएको हो ।

गएराति माछापुच्छ्रे बैकंले साईप्रसको निकोसियामा आयोजना गरेको कार्यक्रममा होनरी कन्सुलेट डा. पन्जियारले साईप्रसबाट अब बैधानिक बाटोबाट पैसा पठाउनका लागि माछापुच्छ्रे बैंकले दिन लागेको सेवा सबै नेपालीहरु लागि अत्यन्त सरहनिय कार्य भएको बताउनु भयो ।

बैकंका अध्यक्ष एवमं होनरी कन्सुलेट अफ रसियाका कन्सुलर डा. विरेन्द्र कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा बैकंका प्रमुख कार्यकारी निर्देशक सन्तोस कोईरालाले साईप्रसमा रहेका नेपालीहरुको पैसा सुरक्षित तवरले स्वदेश पठाउनका लागि आफुहरु छिट्टै एक स्टाफ (कर्मचारी) खटाएर सेवा दिने जानकारी दिनुभयो ।

निर्देशक कोईरालाले साईप्रसमा रहेका विभिन्न मनी ट्रान्सफरहरुसगं आफुहरु मिलेर नेपालीहरुको पैसालाई सुरक्षित तरिकाले नेपाल पठाईरहेको भएपनि अब साईप्रसबासी नेपालीहरुले यहीबाट आफनै नाममा बैकंमा खाता खोली आफनो भविष्यका लागि केही बचत गर्न सकिने बताउनु भयो । माछापुच्छ्रे बैकंको शाखाहरु अहिले नेपालको सबै जिल्ला लगाएत प्रायः सबै सहरहरुमा भएकोले सबै नेपालीहरु आफनो परिवारलाई सजिलै तरिकाले पैसा पठाउने माध्यम आफुहरुले दिईरहेको सिईओ कोईरालाको भनाई थियो ।

प्रवास बुलेटीनका प्रबन्ध निर्देशक पुरन मगरको संचालनमा भएको कार्यक्रममा क्यास लाईनका प्रमुख र्जज स्ताब्रो , भारतिय समुदायका तर्फबाट यासु मलहोत्रा , अर्थ विज्ञ एवमं एनआरएनएका पुर्ब आईसिसि सदस्य डा. रन्जित महतो लगाएतले बोल्नुभएको भएको थियो । कार्यक्रममा साईप्रसका विभिन्न समाजिक एवमं राजनितिक सघंसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्