प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

सुदुरपश्चिमेली समाज साईप्रसको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस्

निकोसिया , साईप्रस । सुदुरपश्चिमेली समाज साईप्रसले नेपालीहरुको नया बर्षको अवसरमा गत आईतवार शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष डम्बर खडकाको अध्यक्षता एवमं एनआरएनए साईप्रसकी महासचिव राधा पोख्रेलको प्रमुख अतिथ्यतामा साईप्रसको निकोसिया शहरको सितापार्कमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सारा नेपालीहरु विश्वको जुनसुकै कुना कप्चामा भएपनि आफ्नो राष्ट्रीयता र देशको संस्कृतीलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजकी महासचिव रमिता चन्दले जानकारी दिनुभयो । सुदुरपश्चिमको सस्कृतिलाई विश्वमाझ प्रचार प्रसार एवमं पर्यटकीय स्थलहरुलाई , नेपालीहरुको सुख दुखमा साथ दिनका लागि आफुहरु सदैव तयार रहेको समाजका अध्यक्ष खडकाले बताए ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशको प्रख्यात देउडा नाच समेत प्रस्तुत गरिएको महासचिव चन्दले बताईन । कार्यक्रममा साईप्रसमा रहेका नेपाली समदायका सघंसस्थाका प्रतिनिधि एवमं नेपाली समुदायहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्