प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

किराँती महान पर्व उभौली साकेला युरोपियन देश साईप्रसमा भब्यतापुर्बक मनाईयो .

शेयर गर्नुहोस्

युरोप , लिमासोल , युरोपियन देश साईप्रसको पर्यटकीय सहर लिमासोलमा किराँती समुदायहरुको महान पर्व उभौली साकेला भब्यताका साथ मनाईएको छ । किरात राई यायोक्खा साईप्रसको आयोजनामा झन्डै पाचं बर्ष पछि मनाइएको कार्यक्रममा मोलोस पार्क किरातीमय् भएको थियो ।

उभौली पर्ब सिर्फ किरातीहरुको मात्रै नभएर सारा नेपाली समुदायहरुको विरासत भएको भन्दै नेपाली भाषा कला संस्कृतिलाई संरक्षण गर्दै विश्वमाझ प्रचार प्रसार गर्दै सारा नेपालीहर एक आपसमा हातेमालो गर्नुपर्ने कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए । विदेशमा बस्ने सबै जातजातिहरु एक नेपालीहरु भएकोले दुख सुखमा साथ दिनुपर्ने उनिहरुले बताएका थिए ।

कार्यक्रममा किराती समुदायहरुले आफनो पहिचान झल्कीने गरि विभिन्न झाकी , नाच प्रस्तुत गरेका थिए । सहभागिहरुले किराती नाच प्रस्तुत गर्दा मोलोसमा रहेका विभिन्न देशमा विदेशीहरुले हेरेर मनोरन्जन लिएका थिए । हाम्रो चाडपर्व, रितिरिवाज ,भेषभुषा हामीहरूको गहना हो,अनि हामी नेपालीहरूको पहिचान भन्ने नाराका साथ भएको कार्यक्रमले नविन राईको अध्यक्षतामा नया कमिटि गठन समेत गरिएको छ । जसको उपाध्यक्षमा काजिमान राई , पार्बती राई तथा महासचिवमा गोमा राई लगाएत रहनुभएको छ । कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने सबै सहयोगीहरु , सबै सघंसस्थाहरुलाई आयोजकले धन्यबाद दिएको छ ।

शेयर गर्नुहोस्