मनोरंजनसाइप्रस न्युज

युरोपियन देश साईप्रसको प्यान्थियोन हलमा नेपाली चलचित्र कबड्डि ४ प्रदर्शन हुने

शेयर गर्नुहोस्

युरोप , साईप्रस । नेपाली चलचित्र ” कबड्डि ४ ” युरोपीयन देश साईप्रसको सिनेमा हलमा प्रदर्शन हुने भएकोछ । सम्भबत कोरोना महामारि पछिको पहिलो पटक नेपाली चलचित्र साईप्रसको निकोसिया सहरको सेन्ट्रल बस स्टप नजिकै रहेको प्यान्थियोन हलमा मे २९ तारिख आईतवारका दिन प्रदर्शन हुने भएको छ ।

एस.एम. ईन्टरटेनमेन्ट एन्ड ट्रभल्स सोलुसन साईप्रसले ल्याउन लागेको फिल्मले साईप्रसमा लामो समय देखि नेपालीहरुलाई मनोरन्जन गर्ने हेतुले फिल्म ल्याएको बताएको छ । एस.एम.का कार्यकारी निर्देशक सुबास मल्लका अनुसार नेपाली फिल्म प्रेमीहरुलाई मनोरन्जन दिलाउन , नेपाली समुदायहरु एकताको सुत्रमा बाध्न , सबैलाई नेपाली पन महसुस गराउन , आपसी नेपाली भाईचारा कायम राख्नका लागि फिल्म प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो ।

दुख विर्सिने , मुड फ्रेस होस भनेर आफुहरु फिल्म प्रर्दशनी गर्न लागेको विगत लामो समयदेखि नेपाली फिल्मलाई प्रर्दशनी गराउदै आउनुभएका प्रदिप प्रजापतिले बताए । प्रजापतिले यो फिल्म हेर्नका लागि साईप्रसका प्रायः सबै सहरबाट नेपालीहरुले टिकट बुकिगं गरेको र टिकट नहुनेहरुले सिधै हलको गेटमा ८ (आठ) युरो तिरेर लिन सक्ने भन्दै सारा नेपालीहरु विगतका बर्ष झै नेपाली फिल्मलाई हेरिदिन , माया गरिदिन अनुरोध गर्नु भएको छ ।

नेपालमा मे २७ तारिख शुक्रबारबार रिलिज हुने कबड्डी ४ साईप्रसमा एक दिन पछि आईतवार  प्रदर्शन हुनेछ । फिल्मका निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेको कथामा बनेको कबड्डि ४ मा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, सौगात मल्ल सहित नयाँ इन्ट्री भएका कलाकारहरु मिरुना मगर, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

तीन जना पुरुष मित्रको मित्रता र श्रीमती खोज्ने रमाइलो अभियान वरिपरि चलचित्रको कथा घुमेको छ । फिल्ममा कालिप्रशाद बासकोटा र एसडि योगिको संगीत रहेकोछ । मणिराम पोखरेल , विशाल गुरुङ, सुष्मा गुरुङ र मधु मिजारले निर्माण गरेको फिल्मलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेकाछन भने निमेष श्रेष्ठको सम्पादन रहेकोछ ।

नेपालबाट यो फिल्म ल्याउनका लागि गायक एवमं लेखक रोहन पौडेलले सहयोग गर्नुभएको छ भने फिल्मको सर्पोटरमा डिजि गोर्खा र प्रवास बुलेटिन साईप्रस रहेका छन । फिल्म हेर्नका लागि टिकट सुबास मल्ल फोन न. ९४०४४९३० ,प्रदिप प्रजापति ९६५७८४२०मा सम्पर्क गरि लिन सकिने आयोजकले बताएको छ ।

शेयर गर्नुहोस्