प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

निकोसियामा तामाङ घेदुङ साइप्रसद्धारा शान्ति पुजा सम्पन्न

शेयर गर्नुहोस्

साईप्रस , निकोसिया । बौद्ध धर्मका प्रणेता,विश्व शान्तिपुर्ण गौतम बुद्धको २५६६ औं जन्म जयन्ती निकोसियामा मनाईएको छ । नेपाल तामाङ घेदुङ साइप्रसद्धारा आयोजना गरिएको कार्यक्रममा विश्वमाझ शान्ति छाओस भनी शान्ति पुजा गरिएको थियो । तामाङ घेदुङले साईप्रसमा स्थापनाकाल देखि नै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र यस पटक शान्ति पुजा गरिएको अध्यक्ष लक्ष्मी ब्लोनले जानकारी दिनुभयो ।

शान्ति पुजा लामा विभाग प्रमुख निमा लामा , किन्जाङ घिसिङ लगाएतले सुरुवात गरेपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा तामाङ घेदुङका सबै सदस्यहरु शान्तिको कामना गर्दै क्यन्डल बाल्नुभएको थियो । शान्ति पुजाको कार्यक्रममा तामाङ घेदुङ साईप्रसकी सस्थापक अध्यक्ष एवम सल्लाहकार नानु गोम्जा , प्रमुख सल्लाहकार साङमो थोकर तामाङ , सल्लाहकार शर्मिला लोप्चन , माया लोप्चान तामाङहरु रहनुभएको थियो भने कार्यवाहक महासचिव निर्मला थिङ तामाङ , कोषाध्यक्ष सुनि डिम्डुङ , सहकोषाध्यक्ष रन्जना ब्लोन , प्रवक्ता मन्जु तामाङ , सस्कृतिक विभाग प्रमुख काजी बम्जन , सदस्य अन्गेली तामाङ युवा विभाग सदस्य सुबास तामाङ , आसुनी तामाङ , सचिवालय सदस्य राजमन तामाङ , बिना वाईबा तामाङ , डिकु तामाङ , अन्जु तामाङ , कमला तामाङ , सम्झाना तामाङ , रन्जु बम्जन , सानुमाया लोप्चन लगाएत सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तामाङ घेदुङ साईप्रसमा अबद्ध हुनुभएका नया सदस्य सम्झना तामाङ , खुसि तामाङलाई स्वागत प्रमाण पत्र दिएर स्वागत गरिएको थियो ।

शेयर गर्नुहोस्