स्वास्थ्य

जोर्नी दुख्छ ? बिहान खाली पेटमा बेसार पानी पिउनुहोस्

शेयर गर्नुहोस्

तपाई बिहान खाली पेटमा के खानुहुन्छ ? बिहान प्राय खाली पेटमा चिया पिउने गर्दछन् । तर खाली पेटमा चिया पिउनु स्वास्थ्यको दृष्टिकोणले राम्रो नहुने चिकित्सकहरु बताउँछन् । बिहान खाली पेटमा बेसारको पानी पिउने आजैबाट बानी बनाउनुहोस् ।

किनभने यसका अचम्मको फाइदाले तपाईको स्वास्थ्यलाई सधैं स्वस्थ राख्ने काम गर्दछ । यसो गर्दा शरीरका धेरै समस्याहरू हटाउन सकिन्छ।

नेपालमा बेसार सदियौंदेखि ऋषिमुनिहरूले औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। बेसारमा हुने कुरकुमिन नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो।

यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ। बेसारमा भिटामिन ए, भिटामिन बि, सि, क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पनि पुष्टि गरेको छ । आज हामी यही औषधिय गुणले भरिपूर्ण बेसारलाई विहान खाली पेटमा खाँदा हुने फाइदाका बारे मा जानकारी दिदैंछौं ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी– बेसार हरेक भान्सामा प्रयोग गरिन्छ। बेसार धेरै आयुर्वेदिक औषधिहरूमा पनि प्रयोग गरिन्छ। बेसारले खानाको स्वाद मात्र बढाउँदैन। शरीरको गम्भीरदेखि गम्भीर समस्यालाई हटाउन पनि फाइदाजनक मानिन्छ । छालाको सौन्दर्य होस् वा इम्युनिटी, बेसारको प्रयोग हरेक तरिकाले तपाईको लागि फाइदाजनक हुन्छ ।

धेरै समस्याका लागि बेसार– बेसारलाई धेरै तरिकाले प्रयोग गर्ने गरिन्छ। धेरैजसो मानिसले दूधमा बेसार मिसाएर खाने गर्छन् । वास्तवमा, बेसारमा लुकेको एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणले शरीरको धेरै समस्याहरूलाई कम गर्न सक्छ।

बाथ रोगका लागि फाइदाजनक बेसार – घाउ निको पार्न बेसारको पानी तपाईको लागि निकै फाइदाजनक हुन्छ । साथै जोर्नी दुख्ने, पोल्ने समस्याका लागि पनि बेसारको पानी पनि प्रभावकारी हुन्छ। बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो। सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ। घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ। यस्तै, घ्यू कुमारीको गुदी बिहान–बेलुका एक–एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

मर्केको, चोट लागेको र सुनिएकोमा– घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

बेसारका अन्य फाइदाहरु

– धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज)भएमा पनि बिहान बेलुका १–१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाने गरेमा १–२ हप्तामै ठिक हुन्छ ।

–आँखाको कमजोरी भएमा राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको केही समयमा नै निको हुन्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

–सुख्खा खोकी लागेमा १ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान–बेलुका खाने गरेमा २–३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ ।
कुनैपनि घाउ, खटिरा वा काटेकोमा बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा, कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

–पेटमा ग्यास भएमा १ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार, १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

–शरीर सुनिएमा वा मर्केमा ५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २्४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।

–कफ जमेर दम हुनेमा आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।

–रुघा लागेमा, सर्दि भएमा ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

–मूख, घाँटीमा घाउ आएमा २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठीक हुन्छ ।

– टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

–अनुहार सुख्खा भएमा मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

डिसी नेपाल बाट साभार 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।