मनोरंजनसाइप्रस न्युज

‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

शेयर गर्नुहोस्

असोज ५, काठमाडौँ | फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्तत रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।

वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।

नेपाली संस्करणको सेन्सर भएपनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए । शुक्रबार नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी संस्करणमा यो फिल्म प्रदर्शनमा आउने छ ।

विश्वभर नेपालीहरु बसोबास गरिहेका देश देखि स्वदेश सम्म बहुचर्चित प्रेम गित ३ युरोपियन देश साईप्रसको दुई ठुला सहरहरुमा पनि यही आउदो आईतवार प्रदर्शन हुने भएको छ । एस.एम. इन्टरटैनमेन्ट तथा रोहन पौडेलको संयुक्त पहलमा साईप्रसको लिमासोल र निकोसिया सहरमा २५ सेप्टेम्बर आईतवारका दिन प्रर्दशनी हुुने भएको हो ।

एस.एम.का कार्यकारी निर्दशक सुबास मल्लका अनुसार आईतवार साईप्रस देशमा एकै साथ दुई पर्दामा नेपाली चलचित्र प्रेमगित ३ प्रर्दशन गरिने र त्यसका लागि लिमासोल र निकोसियामा हलहरु बुक भैसकेको जानकारी दिनुभयो । निर्देशक मल्लले विदेशी भुमीमा पनि नेपाली दाजुभाई एवमं दिदी बहिनीहरु, साथीहरुमा स्वदेशझै सम्झीने खालको नेपाली चलचित्र ल्याएर महिनौको दुख , पिडालाई भुलाउका खातिर , नेपाली पनलाई अझै मजबुतीका साथ अगाडी लैजाने , नेपालीहरुमा एकता कायम होस भनेर सबैलाई फिल्म हेर्न अनुरोध समेत गर्नुभएको छ । बुधवार निर्देशक मल्लले साईप्रस नेपाल डटकमसगं टेलिफोनमा कुराकानी गर्दै विगतको चलचित्रहरुलाई माया गरेझै यसपाली विश्वमै सबै भन्दा बढि तहल्का मच्चाईरहेको प्रेम गित हेर्न आफुहरु साईप्रसको दुई ठुला सहरहरुको सिनेमा हलहरु प्रर्दशन गरिरहेको बताउनु भयो ।

प्रेमगित ३ पहिला नेपाली भाषामै आफुहरु प्रर्दशनी गर्ने र पछि हिन्दी संस्कारणमा पनि ल्याउने मल्लको भनाई थियो । प्रेमगित ३ का लागि मिडिया पार्टनर साईप्रसकै चर्चित न्युजपोर्टल साईप्रस नेपाल डटकम र प्रवास बुलेटीन रहेका छन

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।