प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

साईप्रसमा तिहारका लागि चर्तित गायक प्रमोद खरेल अक्टोबर १६ तारीखमा आउदै.

शेयर गर्नुहोस्

युरोप , साईप्रस , युरोपियन देश साईप्रसमा नेपालीहरुको महान पर्ब तिहारका लागि नेपालका चर्चित गायक प्रमोद खरेल आउने भएका छन । एस.एम.इन्टरटैनमेन्ट तथा रोहन पौडेलको संयुक्त पहल तथा विभिन्न सघंसस्थाहरुको सर्पोटमा साईप्रसको लिमासोल सहरमा तिहार विषेशका लागि नेपालकै चर्चित गायक खरेल सगैं साईप्रसमा रहनुभएका नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने एस.एम.का कार्यकारी निर्देशक सुबास मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार सारा नेपाली समुदायहरुलाई एकताको सुत्रमा बाध्ने उद्देश्यले आफुहरु प्रसिद्ध गायक ल्याउन लागेका बताए । तिहार कार्यक्रमका लागि साईप्रसको हरेक शहरहरुमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि मल्लले अनुरोध गर्नुभएको छ । गायक प्रमोद खरेलका नया गितहरु भुपु माया , भाग्यमा खोट छ .., म बाचेकै.. , चोट दिनेलाई .., दोष .. धोकेबाज पय राज्य..जाली रहैछ तिम्रो माया..मेरो माया मजाक भयो .. मेरो दिल छ पोखरामा .. लगाएतका विभिन्न गितहरु प्रस्तुत गर्नुहुने छ ।

कार्यक्रमको मिडिया पार्टनरका लागि साईप्रस देशकै चर्चित न्युज पोर्टल साईप्रस नेपाल डटकम र प्रवास बुलेटीन रहेका छन भने सर्पोटका लागि चितवन सेवा समाज , सुदुर पश्चिम समाज ,डिजी गोर्खाज लगाएत विभिन्न सघंसस्थाहरु रहेको एस.एम.का निर्देशक मल्लको भनाई छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *