साइप्रस न्युज

साइप्रसमा नेपालीको युवाको निधन, शव पठाउन चन्दा संकलन गरिदै

शेयर गर्नुहोस्

साइप्रसमा एक नेपाली विधार्थीको निधन भएको छ। निकोसिया स्थित जेनेरल हस्पिटलमा  गत बुधबार सन्जिल नेपाली को निधन भएको हो ।चितवन घर भै करिब ३ वर्ष अघि अध्ययन को सिलसिलमा साइप्रस आइपुगेका थिए ।

मुटु सम्बन्धित बिरामीका कारण उनी निकोसिया जेनेरल हस्पिटलमा उपचाररत थिए । उमेरले २१ वर्षका सन्जिल को अल्पआयु मै मृत्यु भए पछि नेपाली कन्सुलर ले परिवारलाई जानकारी गराइ सकेको छ ।
सन्जिलका निकटका अनुसार उनी “असाइलम सिकर” रहेको बताइएको छ। शव व्यवस्थापन का लागि कानुनी प्रकृया अगाडी बढाई सकेको नेपाली कन्सुलेट कार्यालयले जानकारी दिएको छ।
मृतकको पारिवारिक स्थिति अत्यन्तै दयनिय रहेकाले शव पठाउन आर्थिक सहयोग संकलनका लागि होनररी कन्सुलर कार्यालय निकोसिया र चितवन सेवा समाज साइप्रसको रोहवरमा मद्दत  गरिदिन परिवारले परिपत्र मार्फत हार्दिक अपिल गरेको छ ।

शव व्यवस्थापन गर्न   चितवन सेवा समाज साइप्रसले आर्थिक संकलन कार्य सुरु गरेको छ।

साइप्रसमा स्थापित संघसंस्था, समाजसेवी र आम नेपालीले सक्दो आर्थिक सहयोग गर्न समाजले अनुरोध गरेको छ।
आर्थिक सहयोग का इच्छुकका  लागि सम्पर्क :-

पारालिम्नी
जसु पुन मगर 96517955
नानू गोम्जा 96739953
बिन्दु दुलाल 96943119
सबि थापा   96294577
पुरन मगर 99782801
नानू गुरुङ 96312270

निकोसिया

नैना गुरुङ 96979078
शान्ती परियार 96909671
अनिल भण्डारी  96889259

लिमासोल
दिपक सिमखडा 96870550
कृष्ण थापा मगर 96991735

लार्नाका
खममाया पुन 96426195
केसब ठकुरी  99164151

पापोस
दिपक घायल 96839761
सुस्मिता बस्नेत 96163432
खगेन राना मगर 96103145
सुजन केसि 96826931/96164825

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।