साइप्रस न्युज

साइप्रसमा मृत्यु भएका २ जना नेपालीको शव नेपाल पठाईदै

शेयर गर्नुहोस्

साइप्रसमा मृत्यु भएका २ जना नेपालीको शव नेपाल पठाउन लागिएको छ।   गत वर्षको  अगस्ट महिनामा सडक दुर्घटनामा परि मृत्यु भएकी सजिना लिम्वु र  नोभेम्वर महिनामा  मुटु रोगका कारण ज्यान गुमाएका संजिल नेपालीको पार्थिव शरीर आगामी मंगलबार नेपाल पुग्ने भएको हो।

सडक दुर्घटनामा परि मृत्यु भएकी सजिना लिम्वु को शव करीब ५  महिना पछि मात्र नेपाल पठाउन लागिएको हो।  वैदेशिक रोजगार बोर्ड मार्फत शव झिकाउने प्रक्रियामा नेपाली राजदुतावास इजरायल र अवैतनिक वाणिज्यदुतावास निकोसिया को सहजीकरण पश्चात लिम्बुको शव पठाउन सम्भव भएको हो।

त्यस्तै,

अध्ययन को सिलसिलमा  करिब ३ वर्ष अघि  साइप्रस आइपुगेका चितवनका  २१ वर्षका सन्जिल को मुटु सम्बधि रोगले निकोसिया जेनेरल हस्पिटलमा उपचार कै क्रममा  मृत्यु भएको थियो

पारिवारिक स्थिति अत्यन्तै दयनिय रहेको मृतकका परिवारले  शव पठाउन आर्थिक सहयोग संकलनका लागि होनररी कन्सुलर कार्यालय निकोसिया र चितवन सेवा समाज साइप्रसको रोहवरमा मद्दत  गरिदिन पत्र मार्फत अपिल गरे पछि चन्दा सहयोग संकलन अभियान चलाई शव व्यवस्थापन गर्न सम्भव भएको हो।

शव व्यवस्थापन गर्न  चितवन सेवा समाज साइप्रसले सुरु गरेको आर्थिक संकलन कार्यमा साइप्रस र साइप्रस बाहिरका रहेका विभिन्न  संघसंस्था, समाजसेवी तथा सहयोगी नेपाली समुदायले हातेमालो गरेका थिए।

शव  व्यवस्थापनका  लागि सहयोग पुर्याउनु हुने सम्पुर्ण साइप्रसबासी सहयोगि मन तथा संघ संस्थाहरु संगै चितवन सेवा समाज, प्रबास वुलेटिन, साथै सहयोगी सुवास मल्ल प्रति समेत अवैतनिक वाणिज्यदुतावास  निकोसियाले बिशेष आभार प्रकट गरेको छ ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।