संघसंस्था गतिविधिसाइप्रस न्युज

सोनाम ल्होछारमा गायक मिलन लामा साइप्रस आउदै

शेयर गर्नुहोस्

०६/०२/२०२३ /लिमासोल

साइप्रसमा सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको छ  आगामी आइतवार लिमासोल को नियो फिस्ता बेन्क्युट हलमा सोनाम ल्होसार मनाउन लागिएको हो।

नेपाल तामाङ घेदुङ साइप्रसको आयोजनामा नेपाल बाट आमन्त्रित चर्चित  गायक मिलन लामाको साथमा  सांस्कृतिक झाँकी, तामाङ सेलो, ताम्बा नाच ,लामा नाच,म्हेन्दोमाया लगायत विभिन्न नेपाली तथा तामाङ सांस्कृतिक प्रस्तुतिमा मनाइने तयारी गरिएको छ।

गायक लामा संगै स्थानीय कलाकारले पनि सांगीतिक प्रस्तुति दिने तयारी छ । सांगीतिक प्रस्तुति संगै तामांग जातिको मौलिक परिकारहरुको आनन्द लिन सकिने बताइएको छ।

तामाङ जातिको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्बर्द्धन गरौं,राष्ट्रिय सोनाम ल्होछार २८५९ लाई भव्य रुपमा सफल पारौं,ग्रेन गे दिम खरिदको आर्थिक अभियान पूरा गरौं”भन्ने उदेश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

तामाङ जातिको साझा भवन ( ग्रेन गे दिम ) खरिदार्थ सहयोग संकलन गर्ने  अभियानमा मदद गर्न विभिन्न व्याक्ति तथा संघसंस्थाले सहयोग गरि रहेका छन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी नेपाल तथा बिश्वभर रहेका तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउने गर्दछ्न । । मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ  ।

घेदुङको  प्रवास कार्यसमिति साइप्रसले हरेक वर्ष नेपालबाट कलाकार बोलाएर बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

कार्यक्रमको लागि साइप्रस भरिका सबै मुख्य शहर बाट यातायातको व्यवस्था गरिएको छ।

टिकट को लागी सम्पर्क व्यक्तिहरु निम्नानुसार छन्।

निकोसिया
लक्ष्मी ब्लोन तामाङ 96651881
सुनी डिम्डुङ तामाङ 96124576
माया लोप्चान तामाङ96613870
अस्मा खपतडी बस्नेत97613433
ल्हासा थोकार तामाङ 96552962

पाफोस
साङमो थोकर तामाङ 96114059
निर्माला थिङ तामाङ 96010644

शर्मिला लोप्चन तामाङ 96164682
पीयूष घले लामा 96869337

पारालिम्नि
नानु गोम्जा तामाङ 96739953
नानु गुरुङ 96312270
शुभम तामाङ 95199852

लिमासोल
ज्ञानु लामा 96209875
श्याम लो तामाङ 96700642
कृपा घिसिङ तामाङ 95540826
सुरिना दोङ तामाङ 95537218
मिङ्मा ल्हामु शेर्पा 95764951
एलिना लिम्बु 95583839

लार्नाका
राजमान ग्लान तामाङ 99204803
अंगेली तामाङ 96391216
सानु माया लोप्चन तामाङ 96933454
रेस्मा तामाङ 96332871
अमर मल्ल 96251512

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।