देश विदेश

विदेश पठाउने नाममा ठगेको अभियोगमा पक्राउ

शेयर गर्नुहोस्

दक्षिण कोरिया, इटाली लगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुदन कुमार शाही र  कार्यकारी निर्देशक अनिल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुले विपिन खत्रीसहित २२ जनालाई ५ लाख रुपैयाँमा इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगल आदि देश पठाइदिन्छु भनेर कुल ६६ लाख लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार ती देशका प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक १ लाख भन्दा बढी कमाइ हुन्छ भनेर रकम लिएको देखिएको छ ।

वैशाख ३० गते सिनामंगलबाट पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

३ बैशाख २०८०, आईतवार

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।