देश विदेश

मलेसिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

शेयर गर्नुहोस्

 

बैशाख ४, काठमाडौँ | मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् ।

थापाले कमल चौधरीलाई ‘मलेसिया पठाइदिन्छु तथा राम्रो कम्पनीमा काम लगाइदिन्छु’ भन्दै प्रलोभनमा पारी रकम लिई सम्पर्कविहीन बनेकी थिइन् । वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापालाई पक्राउ गरी उपस्थित गराइदिन हुन पत्राचार गरेको थियो ।

सोही आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले थापालाई सोमबार पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्


श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।