देश विदेश

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने पक्राउ

शेयर गर्नुहोस्

वैशाख ६, काठमाडौँ | बैदेशिक रोजगारीको लागि अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षका उज्वल खड्का र सिन्धुपाल्चोकका २३ वर्षका टीकाबहादुर भण्डारीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार खड्काले मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित २० जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा जानको लागि प्रतिव्यक्ति रु ३० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाखभन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पोका थिए।

पीडितहरुबाट पटकपटक गरी जम्मा ३ करोड ५६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको भनी वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने अर्का व्यक्तिलाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

साथै पक्राउ गरेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ। उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।