मनोरंजनसाइप्रस न्युज

साइप्रसमा प्रदर्शन हुदै नेपाली चलचित्र “जारी”

शेयर गर्नुहोस्

28 april 2023/ Limassol

रिलिज भएको एक हप्तामै करिब ७ करोड रुपैया बढीको व्यापार गरेको नेपाली चलचित्र ” जारी ” साइप्रसमा पनि प्रदर्शन हुने भएको छ। अप्रिल ३० र मे १४  तारिख मा साइप्रसमा २ ठुला सहर लिमासोल र निकोसियामा सो चलचित्र प्रदर्शन हुने बताइएको छ।

नेपाल सहित विश्व भर प्रदर्शनमा आएको चलचित्र “जारी” ले दर्शक को राम्रो साथ पाई रहेको छ।  नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको चलचित्रमा लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको छ।  चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। ‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहनुभएको यस चलचित्रमा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ। कार्यकारी निर्माता मणिराम पोखरेल रहेकाे चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो।

SM Events,Entertainment & Travel Solutions ले साइप्रसमा सो चलचित्र प्रदर्शन गर्न लागेको हो।  यस अघि पनि SM Events ले विभिन्न नेपाली चलचित्र प्रदर्शन गर्दै आएको छ।

लिमासोल को रियो सिनेमा हल मा अप्रिल ३०  आइतबार दिउँसो ११:४५ मा र  निकोसियामा मे १४  मा प्रदर्शन हुनेछ।

टिकट को लागि  सम्पर्क : 94044930, 96751378

 

यो पनि पढ्नुहोस् : साइप्रस आउने नेपाली यसरी ठगिन्छन्, तुहिन्छ सपना…..

नयाँ हिन्दि film सिरियल हेर्न यहाँ क्लिक गर्नुस् 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।