संघसंस्था गतिविधिसाइप्रस न्युज

एनआरएनए साइप्रसको अधिवेशन जुलाईमा हुने , पञ्जिकृत सदस्यताको आवेदन खुल्ला

शेयर गर्नुहोस्

एन आरएन साइप्रसले  पञ्जिकृत सदस्यताको आवेदन खुल्ला गरेको छ । एन आरएन ए साइप्रसको आगामी कार्यकालका २०२३-२०२५ का लागि आगामी जुलाई महिनामा अधिवेशन हुदैछ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सम्पूर्ण राष्ट्रिय समन्वय परिषदलाई जुलाई महिनाभित्र अधिवेशन गरिसक्नुपर्ने निर्देशनात्मक परिपत्र अनुसार एनआरएन साइप्रसले पनि पञ्जिकृत सदस्यताको आवेदनका खुल्ला गरेको हो । मे १० तारिख देखि ३१ तारिख सम्म पञ्जिकृत सदस्यताको आवेदनका खुल्ला गरिएको एनआरएन साइप्रसले जनाएको छ ।
२०२३-२०२५ कार्यकालका निम्ति पंजीकृत सदस्यता शुल्क १० यूरो निर्धारण गरिएको छ।
पञ्जिकृत सदस्यताको आवेदनका का लागि यस पटक भने एनआरएनले अनलाइन मार्फत गर्ने व्यवस्था मिलाएको छ । सदस्यताका लागि आवेदन दिन प्ले स्टोर वा एप स्टोर बाट Smart NRNA एप डाउनलोड गरि अनलाइन फारम भर्न सकिने छ साथै एनआरएन को वेबसाइट https://members.nrna.org/signup बाट पनि फारम भर्ना सकिनेछ।

फारम भर्न के के जानकारी चाहिन्छ कुन डकुमेन्ट अपलोड गर्ने ?

  • आफ्नो इमेल, मोवाइल नम्बर र ठेगाना
  • पासपोर्टको प्रतिलिपी
  • साइप्रमा प्रवेश गरेको २ बर्ष पुरा भएको प्रमाणित गर्ने कागजात वा एनआरएनएको पुरानो आईडी कार्डको प्रतिलिपि।
  • भिषा नविकरण गरिएको रसिद मध्य कुनै एकको प्रतिलिपी
  • पासपोर्ट साइजको फोटो

विधार्थी भिसामा भएकाले  पञ्जिकृत सदस्यताको आवेदन दिन पाइने कि नपाइने ?

एन आरएन साइप्रसले  पञ्जिकृत सदस्यताको लागि अध्ययन भिसामा रहेका विधार्थीले दिएको आवेदन स्वीकृत नहुने स्पस्ट पारेको छ। गत कार्यकाल बाट नै अध्ययन भिसामा रहेका विधार्थीको आवेदन नलिने निर्णय भएकोले सोहि अनुसार आवेदन नलिने अध्यक्ष कुन्दन कार्कीले जानकारी दिए।

एनआरएन साइप्रसको आवेदन प्रक्रियामा ध्यान दिनुपर्ने कुराहरु  :

१) आवेदन अनिवार्य Smart NRNA वा https://members.nrna.org/signup मा लिङक गरिएको फाराम मार्फत भर्नु पर्ने ।
२) आवेदन फाराम भर्दा आफ्नो इमेल, मोवाइल नम्बर र ठेगाना अनिवार्य रूपले भर्ने
३) उल्लेखित इमेल वा मोबाइल नम्बर नै आफ्नो प्रोफाइलको युजर आइडी हुने। Password राख्दा आफ्नो इमेलको भन्दा भिन्न पनि राख्न सक्नुहुनेछ जुन Membership login गर्न अनिवार्य हुनेछ।
४ ) फाराम भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्ने ।
अधिवेशन चुनावी प्रक्रियामा जाँदा सम्पूर्ण निर्वाचन कार्यविधि, सूचना र भोटिङको लागि आवश्यक लिंक लगायत सम्पूर्ण कुराहरू यहाँहरुले उपलब्ध गराउनु भएको ईमेल मा मात्र प्राप्त गर्नुहुनेछ ।

५ ) २०२३-२०२५ कार्यकालका निम्ति पंजीकृत सदस्यता शुल्क १० यूरो निर्धारण गरिएको छ र सो आवेदन फाराम भरि सकी पछि तपाईहरुले सो शुल्क एनआरएनए साइप्रस कार्यसमितीमा दिए सकी पछि मात्र तपाइहरुको आवेदन फाराम स्वीकृत हुने । अन्यथा आवेदन फाराम स्वीकृत नहुने ।

फाराम भरेर पनि स्वीकृति प्राप्त गर्न नसक्नु भएका निवेदकहरुले आवश्यक व्यक्तिगत जानकारी, कागजातहरू अपलोड र भुक्तानी प्रमाण अप्सन आइकन भित्र भएका खाली ठाउँमा मागिएका व्यक्तिगत विवरण तथा डकुमेन्टस पुन: हेरी पूर्ण रूपमा राखी अन्तमा निश्चित (confirm ) गर्नुहुन र आफूले प्रयोग गर्नुभएको ईमेल आईडी (login email ) र पासवर्ड (Password ) प्रयोग गरी लग – इन ( Login) गरि सिस्टमले मागे अनुसारका डाटा खाली ठाउँमा पूर्ण रूपमा उपलब्ध गराई आफ्नो फाराम पूरा गरी निश्चित (Confirm) गर्नुहुन ।

आवश्यक जानकारी तथा सहयोगका लागि एनआरएनए साइप्रसका पदाधिकारी संग सम्पर्क गर्न हुन अनुरोध गरेको छ .
कुन्दन कार्की 96322556
राधा पोखरेल 96191609
पिङला गौतम 96802909

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।