मनोरंजनसाइप्रस न्युज

लिमासोल र निकोसियामा “जारी “ हाउसफुल, पापोस मा छिट्टै प्रदर्शन हुने

शेयर गर्नुहोस्

विश्व भरि प्रदर्शनीमा आएको नेपाली कथानक चलचित्र जारी ” साइप्रसको दुइ ठुला सहर मा हाउस फुल भएको छ।  गत अप्रिल ३० र मे १४  तारिख मा साइप्रसमा प्रदर्शित  चलचित्र ‘जारी ‘ हेर्न दर्शक ओइरिएका थिए।

नेपाल सहित विश्व भर प्रदर्शनमा आएको चलचित्र “जारी” ले दर्शक को राम्रो साथ पाई रहेको छ। लिमासोल र निकोसिया पछि अब पापोस मा चलचित्र प्रदर्शन गर्ने तयारी भएको SM Events,Entertainment & Travel Solutions ले जानकारी दिएको छ।

दर्शक को  अत्याधिक माग आएका कारण पापोसमा पनि  “जारी को प्रदर्शन गर्न लागेको SM Events,Entertainment & Travel Solutions का सुवास मल्ल ले जानकारी दिए। मल्लले नेपाली चलचित्रलाई साथ र माया दिदै  जारी तिर्न पुगेका सम्पूर्ण दर्शक प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिन पनि राम्रा नेपाली चलचित्र प्रदर्शनमा ल्याउने बताए।

चलचित्र हेरेर निस्केका दर्शन फिल्म  उत्कृस्ट बनेको प्रतिक्रिया दिदै लिम्बू संस्कृतिलाई नजिक बाट नियाल्ने मौका पाएको बताए। कलाकार दयाहाङ राई र मिरुना मगर को अभिनय पनि निकै मन परेको लिमासोल कि दिपा कोइरालाले बताइन्।

नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको चलचित्रमा लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको छ।  चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। ‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहनुभएको यस चलचित्रमा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ। कार्यकारी निर्माता मणिराम पोखरेल रहेकाे चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो।

यस अघि पनि SM Events ले विभिन्न नेपाली चलचित्र प्रदर्शन गर्दै आएको छ।

पापोस प्रदर्शनी बारे जानकारी र  टिकट को लागि  सम्पर्क : 94044930, 96751378

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।