Domestic Workerसाइप्रस न्युज

लिमासोल सडक दुर्घटना: ३ नेपाली घाइते, 1 को अवस्था गम्भीर(फोटो सहित)

शेयर गर्नुहोस्
feature photo courtesy: cyprustimes

११ जुन २०२३/लिमासोल

साइप्रसको सडक दुर्घटनामा परि ३ नेपाली घाइते भएका छन्। लिमासोलको मेसा गाइटोनिया एरियामा आइतबार दिउँसो दुई कार एक आपसमा ठोक्किएर सडकपेटिमा ट्याक्सी कुरिरहेका नेपाली घाइते भएका हुन् ।
छुट्टी मनाउन निस्किएका पाँच जना युवती सबै घरेलु कामदार रहेको बुझिएको छ। पाँच जना मध्य ३ जना घाइते भएका छन् भने अन्य २ जना लाई केही भएको छैन।
घाइते ३ जना मा एक युवती लाई सामान्य चोट लागेको छ भने अन्य २ जनालाई गम्भीर चोट लागेको छ। घाइते नेपाली युवतीहरु अनु तामाङ, शर्मिला तामाङ र पासाङ दोमर रहेको बताइएको छ। २१ वर्षीय अनु तामाङ को नेपाल घर वर्दिया , त्यस्तै शर्मिला र पासाङ दोमर को घर काभ्रे रहेको बताइएको छ।


घाइते अनु तामाङ को अवस्था अत्यन्तै गम्भीर रहेकोले उपचार को लागि निकोसिया जेनेरल हस्पिटल लगिएको साइप्रस टाइम्स ले जनाएको छ। यता शर्मिला तामाङ को खुट्टामा भाचिँएको उनका साथीहरुले साइप्रस नेपाल डट कम लाई जानकारी दिए ।
ट्राफिक प्रहरिका अनुसार मेसा गाइटोनिया को Neophytou Street बाट हाइवे तर्फ अघि बढी रहेको कारले अचानक Aretis Street को जन्सन बाट “यु-टर्न ” लिन आट्दा पछाडी बाट तेज रफ्तार मा आइ रहेको कार ले ठक्कर दिए पछि सडक पेटि मा उभिएका युवती तर्फ अनियन्त्रित भै घुमेको र सो कारले रोड सङै रहेको घर को गेट मा युवतीहरु संगै ठोक्किएर रोकिएको बताइएको छ।


कारका २५ वर्षका चालकलाई प्रहरीले पक्राउ गरि मापसे र ड्रग्स प्रयोग गरेको हो/होइन भनी परिक्षण पनि गरेको छ। चालक कुन देश का नागरिक हुन् भने खुलेको छैन।
यता अर्को ६८ वर्शिय वृद्ध महिला कार चालक को करङ भाँचिएको प्रहरीले जनाएको छ।उनलाई पनि उपचार गर्न हस्पिटल लगिएको छ।
निकोसियाको नेपाली कन्सुलर कार्यालयले घटनाको विवरण सोमबार आइपुग्ने बताएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।