Cyprus Visaसाइप्रस न्युज

साइप्रसमा गैर कानुनी रुपमा बस्ने र रोजगारी गर्ने आप्रावासीको धरपकड सुरु

शेयर गर्नुहोस्

साइप्रस सरकारले गैर कानुनी  हैसियत मा रहेका तेस्रो मुलुकका  नागरिक र ती कामदारलाई रोजगार दिने  रोजगारदाता लाई लक्षित गरि एक योजना अघि सारेको छ। अगस्ट २८ तारिख  सोमबार देखि आगामी २ महिना सम्म साइप्रस भरि  सर्च अपरेशन जारी रहने छ। खास गरि ठुलो संख्यामा  तेस्रो देशका नागरिक कार्यरत क्षेत्रमा धरपकड र चेक जाँच  हुने बताइएको छ ।

अधिकारीहरुका अनुसार साइप्रसको “आप्रावासी नीती ” लाई प्रभावित रुपमा लागु गराउने उद्देश्यले  अघोषित र  गैर कानुनी रुपमा दीने रोजगारीलाई लक्षित गरि सो अपरेशन सुरु गरिएको हो। दुइ महिना को अपरेशन पछि आगामी कदम के हुने भन्ने बारे समिक्षा हुने बताइएको छ।

यसरी गरिने चेकिङ्गमा श्रम मन्त्रालय र  सोसल इन्सोरेन्स का अनुगमन विभाग साथै सिभिल रजिस्ट्री तथा माइग्रेसन विभाग, प्रहरीको  एलियन तथा इमिग्रेसन युनिट,आन्तरिक मन्त्रालयको असाइलम विभाग साथसाथै सम्बन्धित अन्य विभाग समेतले संयुक्त रुपमा सो अपरेशनमा सहभागी हुने छन् ।

राष्ट्रपति को निर्देशन पश्चात आन्तरिक मामिला मन्त्रालय र श्रम, कल्याण तथा  सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री बीच भएको निर्णय अनुसार गैर कानुनी रोजगारी र अनियमित आप्रावासन लाई कम गराउन योजना अघि सारेको हो।

यी दुइ मन्त्रालयले जारी गरेको संयुक रिपोर्टमा मे महिना देखि जुलाई सम्म गरेको १,५२५ को चेकिङ्ग मा ८३ अवैध मामिला फेला परेको थियो।

मिडिया रिपोर्टका अनुसार  अघोषित  तथा अवैध रोजगारी गर्ने तेस्रो देश का नागरिक र ति व्याक्तिलाई रोजगार दिने कम्पनि वा रोजगारदातालाई दोषी पाइएमा आपराघिक कानुनी कारवाही का साथै प्रतिबन्ध समेत लगाउने उल्लेख छ। साथै कहाँ कति यस्ता मामिला फेला परे त्यसको रिपोर्ट  हरेक महिना प्रकाशित गरिने समेत बताइएको छ।

कस्तो सजाय हुन्छ ?

एलियन तथा अध्यागमन कानुन अनुसार कुनै पनि विदेशी नागरिकलाई  कानुनद्वारा आवश्यक परमिट बिना रोजगार दिनु या रोजगार परमिट  को कारार सम्झौता को उल्लङ्घन गरि रोजगारी गराउनु वा अन्य कुनै पनि कानुन  को उल्लङ्घन गरेर रोजगार गर्नु संवैधानिक अपराध भएको हुदा यसले पांच वर्ष सम्म को जेल सजाय तथा बिस हजार युरो सम्म को जरिवाना वा दुवै सजाय हुन्  सक्ने व्यवस्था गरेको छ।

साथै, कानुन ले १५०० युरो सम्म जरिवाना र पुन: दोहोर्याए तिन हजार युरो सम्म को प्रशासनिक जरिवाना को व्यवस्था गरेको छ भने रोजगारदाता कम्पनीले कानुन उल्लंघन गरेमा तेस्रो देशका नागरिकलाई रोजगार दिन मिल्ने अधिकार  माथि  प्रतिबन्ध लगाउन सक्ने बताइएको छ।

साथै, शरणार्थी कानुन अनुसार अन्तराष्ट्रिय सुरक्षा मा रहेका  (शरणार्थी तथा असाइलम सिकर ) लाई कुनै पनि रोजगारदाताले काम दिंदा कानुन उल्लंघन गर्छ भने अपराध गरेको मानिनुका साथै ३ वर्ष को जेल सजाय र आठ हजार युरो सम्म को जरिवाना को भागिदार हुने छन्।

त्यस्तै, तेस्रो देश का नागरिकले अपराध गरे कानुन बमोजिम जेल सजाय वा  जरिवाना को भागिदार हुनु पर्ने बताइएको छ।

यस अपरेशन अघि पनि इल्लिगल भएर बसेका व्याक्ति पक्राउ परेमा संबंधित देश मा  डिपोर्ट गरिदै आएको छ।

गैर कानुनी हैसियतले बस्नु वा काम गर्नु भनेको कस्तो हो?

परमिट वा भिसा  लिएर साइप्रस प्रवेश गरेका को व्याक्ती को भिसा को म्याद सकिदा वा परमिट को म्याद नाघे पछि (रिन्यु) नगर्दा सम्म इल्लिगल भइन्च ।

रोजगारदाता सङ गरिएको करार सम्झौता बिपरित   कारर अवधी नसकिदै बिना सुचना  काम छोडेर निस्किदा,  रिलिज पेपर को म्याद गुज्रिएमा गैर कानुनी बसाइ मानिन्छ।

त्यस्तै  असाइलम केस  बन्द भएको अवस्थामा , असाइलम अफिस बाट देश छोड्न भनी निर्णय भएको पत्र पाए पछि पनि साइप्रस मै रहि रहदाँको अवस्थामा साथै असाइलम को लागि आवेदन दिएर नौ महिना नपुग्दै रोजगारी गर्नु पनि गैर कानुनी मा मानिन्छ भने असाइलम सिकर को लागि खुला गरिएको केही क्षेत्र मा बाहेक अन्य मा रोजगारी गर्नु पनि गैर कानुनी मानिएको छ।

लेबर कोर्टबाट केस को निर्णय अनुसार निश्चित समयसिमा भित्र साइप्रस छोड्नु भनि दिएको आदेशको पालना नगरि देश भित्रै बस्नु पनि गैर कानुनी हुन जान्छ।

अध्ययन भिसा मा रहेका विधार्थीले पनि तोकिएको ९ ओटा पेशा वा क्षेत्र बाहेक अन्य मा रोजगारी गर्नु पनि गैर-कानुनी मानिएको छ ।

 

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *