Domestic Workerसाइप्रस न्युज

साइप्रसमा भाइरल भिडियो को वास्तविकता के हो ?

शेयर गर्नुहोस्

सामाजिक संजाल फेसबुकको एक ग्रुप मा गत बुधबार एक घरेलु कामदारको भिडियो पोस्ट भयो। “साइप्रस आवाज Nepali in Cyprus” नामक पब्लिक ग्रुपमा उक्त  भिडियो पोस्ट हुना साथ भाइरल हुन पुग्यो।  कमेन्ट र सेयर को वर्षा भयो। साइप्रसमा कार्यरत नेपालीका  सकारात्मक र नकारात्मक प्रतिक्रिया आए।  करिब २० हजार भ्यु पुग्न लाग्दा भिडियो डिलिट भयो। तब पनि धेरै ले उक्त भिडियो डाउनलोड गरेर पुन: पोस्ट गर्न भ्याए। भिडियो यति सेयर भयो कि साइप्रसका  स्थानीय मिडियाकर्मीले पनि हेर्न भ्याए।

आखिर के थियो त्यो भिडियो मा ?

नेपाली घरेलु कामदार ले बनाएको भिडियो मा रोजगारदाता वृद्धाले ग्रीक भाषामा  आक्षेप लगाउदै अभद्र रुपमा  गाली  गरेको देख्न सकिन्छ  भिडियो ७ मिनेट लामो  छ।

के भएको रहेछ ?

साइप्रस-नेपाल डट कमले भिडियोमा देखिएकी नेपाली संग फोन सम्पर्क गरि वास्तविकता बुझेको छ। केहि महिना अघि मात्र. घरेलु कामदार को भिसा मा  साइप्रस आइपुगेकी उनले पहिलो काम एक वृद्धवृद्धा को हेरचाह गर्नु पर्ने रहेछ।  तर वृद्धा को  तुच्छ रुखो व्यवहारले मानसिक  तनाब झेल्नु परे पछि आफ्नो साथीहरु विच यो कुरा बताएकि रहिछन। कहिले यस्तो अवस्था नाझेलेकी उनले यस्तो मानसिक  तनाब झेल्न परेपछि  करार अनुसार रोजगारदाता परिवर्तन गर्न पाउने भएकाले सम्बन्धित एजेन्ट संग पनि गुहार लगाएकी रहेछन।  तर दिनहुँ यस्तो भए पछि उनले आफ्नै मोबाइल बाट भिडियो बनाएर आफ्नै साथीहरु मात्र भएको फेसबुक मेसेन्जर ग्रुपमा भिडियो पोस्ट गरिन साथै एजेन्टलाइ पनि यो भिडियो देखाइन।  निकै मुस्किल र दुख पाए पछि करिब २ महिना अगाडि एजेन्टले रोजगारदाता परिवर्तन गराइदिए।  अहिलेको नयाँ  उनिको रोजगारदाता राम्रो भएको र आफु पनि खुसि रहेको उनले बताइन।

भिडियो कसरि बाहिर आयो ?

भिडियो किन र कसरी कसले बाहिर ल्यायो भन्ने बारे खुद उनलाई पनि थाहा छैन।  २ महिना अघि को भिडियो अहिले पोस्ट गरेर कसले के गर्न खोजेको हो भनेर उनि आश्चर्य मा छिन। जब मलाइ गाह्रो अफ्ठेरो पर्दा हार गुहार गर्दा  कोहि साथ मा थिएनन तर अहिले किन भनेर प्रश्न गर्दै उनि रुस्ट बनेकी छन्।  भिडियो सम्भवत त्यहि मेसेन्जर ग्रुप बाट लिएको हुनु पर्छ भन्ने उनको अनुमान छ।

साइप्रसमा घरेलु कामदारले भोग्ने दुखको एक पाटो 

साइप्रसमा कार्यरत कुल घरेलु कामदारको करिब ५० %  नेपाली रहेको  साइप्रस सरकारको  तथ्यांक छ।  घरेलु कामदार मा आउने मध्य पनि अधिकांसले बुढाबुढी हेरचाह गर्ने काम गर्दछन।  वृद्धवृद्धा को घर मा काम गर्न  त्यति सजिलो भने छैन।  खाना खुवादिने, समयमा औसधी, नुहाई धुवाई, शौचालय गराईदिने देखि हस्पिटल सम्म कुरुवा बस्नु पर्ने काम हुन्छन्।  वृद्ध सँग संगै बसेर सेवा गर्दा अनावश्यक गाली सुन्नु पर्ने कुरा सामान्य जस्तै हुने गरेको कामदार बताउछन। धेरै वर्षको  अनुभव लिएका नेपालीले यस्तो गाली सुन्नु सामान्य भएको तर नयाँ आउने कामदारलाई यहाँको बारे जानकारी नहुदा समस्या पर्ने गरेको बताउछन्। अनुवभीका अनुसार   साइप्रस आइपुगेको २ दिन मै घर परिवर्तन गर्छु, वृद्द हेर्ने काम गर्न सक्दिन भनेर नेपालका म्यानपावर र स्थानिय  एजेन्टलाई फोन गर्ने नेपाली को ठुलो जमात रहेको  छ।  स्थानिय भाषा को ज्ञान नहुनु, सिप्रियोट  रितिरिवाज, जीवनशैली र घराएसी माहोल बारे जानकारी नहुदा र मानसिक रुपमा तयार नभई आउँदा यस्तो समस्या पर्ने गरेको छ। घरेलु कामदारका समस्याहरु मध्य को एक समस्या यो हो।

 रिलिज कसरि लिने ? यहाँ क्लिक गरि पढ्नुहोस्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *